मेलम्ची खानेपानी आयोजनाको बाँकी काम स्वदेशी ठेकेदारलाई : विज्ञको सुझाव

Melamchi

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको बाँकी काम स्वदेशी ठेकेदारलाई दिएर तत्काल पूरा गर्न विज्ञहरुले सुझाएका छन् । जलविद्युत आयोजना निर्माणका अनुभवी स्वदेशी ठेकेदारले मेलम्चीको बाँकी काम पूरा गर्न सक्ने उनीहरुको बुझाइ छ ।

 

पूर्वसचिव एवं आयोजनाका पूर्वप्रमुख सुमन शर्माले ‘हाइड्रो पावर’ को काम गरेका ठेकेदारले बाँकी काम गर्न सक्ने बताए । ‘ठेकेदार कम्पनी सीएमसीलाई दिनुपर्ने र उसबाट लिनुपर्ने मूल्यांकन गरेर अन्योल हटाउनुपर्छ,’ उनले भने, ‘अब टेन्डर प्रक्रिया लामो गर्नुहुन्न । छोटो प्रक्रियाबाट स्वदेशी ठेकेदारलाई दिएर छिटो सम्पन्न गर्नुपर्छ ।’

 

आयोजनाका पूर्वकार्यकारी निर्देशक रामचन्द्र देवकोटाले ठेक्काबारे नयाँ प्रक्रिया अपनाउँदा करिब ६ महिना लाग्ने भएकाले मन्त्रिपरिषदले तत्काल टुंग्याउनुपर्ने सुझाव दिए । आयोजनाका अर्का पूर्वकार्यकारी निर्देशक कृष्णप्रसाद आचार्यले स्वदेशी ठेकेदारलाई प्याकेजमा काम दिनुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...