अब प्रदेशबाटै श्रम स्वीकृती पाइने, छ स्थानमा खोलियो कार्यालय

Sram

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुस १५ गतेदेखि प्रदेशस्तरबाटै वैदेशिक रोजगारको लागि पुन: श्रमस्वीकृति र पूर्वश्रमस्वीकृति दिने निर्णय गरेको छ । यसको लागि मन्त्रालयले आवश्यक प्रबन्ध मिलाइसकेको छ ।

मन्त्रालयले बिदामा आएका कामदारलाई सहज सुविधा दिन काठमाडौं केन्द्रित सुविधालाई प्रदेशमा लगेको छ । काठमाडौंस्थित वैदेशिक श्रम कार्यालयले बिदामा आउने झन्डै ५ हजार कामदारलाई दैनिक पुनस् श्रमस्वीकृति दिँदै आएको छ। श्रम तथा रोजगार कार्यालयको प्रदेशस्तरमा विराटनगर, धनुषा, बुटवल, सुर्खेत, पोखरा र धनगढीमा कार्यालय खोलिएको छ।

 

पुन: श्रमस्वीकृति लिन म्यानपावर कम्पनीको संलग्नता आवश्यक पर्दैन। बिमा र कल्याणकारी कोषबापत रकम बुझाएपछि पुन: श्रमस्वीकृति पाइने व्यवस्था छ। एकपटक श्रमस्वीकृति लिएपछि खाडी क्षेत्रमा दुई र मलेसियामा तीन वर्षसम्म म्याद हुन्छ।

 

सरकारले वैदेशिक रोजगार ऐन संशोधन गरेपछि पुनस् श्रमस्वीकृति नेपाली दूतावासबाटै दिने तयारी गरेको छ। यो ऐनलाई संशोधन गर्न मन्त्रिपरिषद्ले स्वीकृति गरिसकेको श्रम मन्त्रालयले जनाएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...