अब जनवरीबाट फ्री भिसा, फ्री टिकटमै कामदारको रुपमा मलेसिया जान पाइने

Malaysa boing

काठमाडौं । बिचौलियामार्फत कामदार ल्याउँदा खर्च बढी हुनुका साथै आर्थिकभार बढेपछि हउटान लागेको मलेसियाका मानव संशाधनमन्त्री एम मन्त्री कुलासेगारानले बताएका छन्। 

रोयटर्ससँगको कुराकानीमा कुलासेगरानले नेपालसँग भएको हालैको श्रम सम्झौता कार्यान्वयनको चरणमा रहेको बताए।


मानव तस्करी र कामदारको शोषण रोक्न सम्झौताले ठूलो भूमिका खेल्ने उनले उल्लेख गरेका छन्। सम्झौताअनुसार कामदारको सम्पूर्ण खर्च रोजगारदाताले बेहोर्ने छन्। नेपालसँग भएको जस्तै सम्झौता मलेसियाले बंगलादेश, इण्डोनेसिया र भियतनामसँग पनि गर्ने तयारी गरेको छ।मलेसियामा उद्योग, कृषि र निर्माणमा विदेशी कामदार धेरै छन्।

 

यतिबेला मलेसिया सरकार आफै सफ्टयेवर निर्माणको चरणमा छ। सफ्टवेयर निर्माणको काम सकिएपछि सम्भवतः सन् २०१९ को जनवरीबाट बिचौलिया हटाई फ्री भिसा, फ्री टिकटमै कामदारको आपूर्ति गर्ने तयारी भइरहेको छ।

 

नेपालबाट मलेसिया रोजगारी रोकिएको सात महिना पूरा भइसक्दा पनि खुल्न सकेको छैन। बिचौलियाका रूपमा काम गरिरहेका स्वास्थ्य परीक्षण गर्ने संस्थालगायत हटाउन नेपालले आग्रह गरेपछि त्यसको विकल्प र तयारीमा मलेसिया सरकारले काम गरिरहेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...