मध्य भोटेकोशीको आईपीओ बाँडफाँड आज: आवेदन दिएका सबैले पाउने

Ipo 1

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत आयोजनाको साधारण सेयर आईपीओ आज बाँडफाँड हुने भएको छ ।

दुई चरणमा गरेर आवेदन आहृवान गरेको आयोजनाको आईपीओ अपरान्ह ३ बजे बाँडफाँड गरिने शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लिएको ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको छ ।

 आयोजनाको आईपीओका लागि पहिलो चरणमा कात्तिक २८ गतेदेखि मंसिर १४ गतेसम्म कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि र मंसिर १९ गतेदेखि २६ गतेसम्म सांगठिक संस्थापक संस्थाका तथा सञ्चय कोषका कर्मचारीका लागि आवेदन खुलाएको थियो ।

आयोजनाले सञ्चयकर्ताका लागि एक करोड १७ लाख कित्ता अर्गात एक अर्ब १७ करोड रुपैयाँको र सांगठिक संस्थापक संस्थाका तथा सञ्चय कोषका कर्मचारीका लागि २७ लाख कित्ता अर्थात २७ करोड रुपैयाँको आईपीओ निस्काशन गरेको हो ।

प्रतिकृया दिनुहोस