२० किलो चरेससहित एक पक्राउ

Areest

कपिलबस्तु । प्रहरीले लागुऔषध २० किलो चरेससहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्लाको शिवराज नगरपालिका वडा नं. ९ रमुवादहमा उक्त परिमाणको चरेशसहित रोल्पा लिवाङ्ग नगरपालिका-६ चईवाङ्गका २९ वर्षिय रमेश बुढालाई प्रहरीले पक्राउ गरेको हो ।

बिहीवार राती पौने १२ बजेको समयमा ईलाका प्रहरी कार्यालय सुन्दरीडाँडाबाट प्रहरी नायब निरीक्षक लोकबहादुर सिंहको कमाण्डमा खटिएको गस्ती टोलीले चेकचाँज गर्दा उक्त लागुऔषध र अन्य वस्तुसमेत फेला पारेको हो ।

बमरीबाट रमुहदहतर्फ जाँदै गरेका ३ जना व्यक्तिहरुले पछाडि भिरेको झोला शंका लगेर प्रहरीले चेकजाँच गर्दा उनको साथबाट १-१ किलो तौलका २० पोका चरेस, ५ किलो ३ सय ग्राम तौलका भटमासको दाना र २ किलो ३ सय ५० ग्राम तौलको सिमिको दालसमेत बरामद गरेको थियो ।

उनलाई पक्राउ गरे पनि २ जना फरार रहेका छन् । फरार ती २ जनाको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका बुढालाई अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाईएको बताइएको छ । खुल्ला सिमानाको फाइदा उठाउदै लागुपदार्थ प्रयोगकर्ता बढ्न थालेसंगै कपिलवस्तु प्रहरीले बिशेष रणनिती अपनाएको छ ।

प्रतिकृया दिनुहोस