मालीगाउँमा प्रचण्ड : के छ प्रचण्ड र सुनील थापाबीच कनेक्सन ?

Sunil thapa prachanda

काठमाडौं । दुई पार्टी एकता भएर बनेको शक्तिशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) । पार्टी एकता भएको ८ महिनापछि का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड संयुक्त रुपमा राजनीतिक दस्तावेज लेख्न व्यस्त छन् ।

सत्तारुढ दलसमेत रहेको नेकपाको शनिबार स्थायी कमिटी बैठक हुँदैछ । यस्तो बेला पार्टीका अध्यक्षहरु कति व्यस्त होलान् भनेर सहजै अनुमान लगाउन सकिन्छ ।

तर, अत्यन्तै व्यस्त समयमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्व पञ्चको घरमा साँढे दुई घण्टा बिताए, त्यो पनि नितान्त व्यक्तिगत कुरा गर्दै ।

प्रचण्ड र सुनीलबहादुर थापाबीच कुनै राजनीतिक साइनो छैन । सुनील थापा राजनीतिका छिर्दा देश शान्ति प्रक्रियामा गइसकेको थियो । तर, उनकै पिता सूर्यबहादुर थापाले प्रचण्डकालीन समयमा निक्कै सास्ती खेप्नुपरेको थियो ।

प्रचण्डको नेतृत्वमा भएको १० वर्षे सशस्त्र युद्धको समयमा सूर्यबहादुर थापा द्धन्द्धको चपेटामा परेका थिए । थापाको धनकुटा मुगामा रहेको पुख्र्यौली घर नै दुई पटक आगो लगाइयो । गोपाल किरातीले नेतृत्व गरेका किरात जनवादी वर्कस पार्टीको नामबाट २०६० मा थापाको घरमा आगो लगाइयो ।

त्यसपछि माओवादीले बम विष्फोट गरायो । त्यति मात्रै होइन, थापालाई द्धन्द्धको निशाना बनाउँदै उनका भतिजा रामजी थापालाई माओवादीले घाटी रेटेरै हत्या गर्‍यो । पहिलो संविधानसभाको निर्वाचनका बेला सुर्यबहादुर थापालाई तर्साउन माओवादीले भीरगाउँका एक कार्यकर्ताको हत्या गर्‍यो । र, थापा पहिलो संविधानसभाको निर्वाचनमा नराम्ररी पराजित पनि भए ।

उनै सूर्यबहादुर थापाका छोरा हुन् सुनील थापा । उनी दुईपटक मन्त्री पनि भइसकेका छन् । प्रचण्ड र सुनीलबीच न राजनीतिक नाता छ, न त पारिवारिक नै । तर, पनि थापाको मालीगाउँस्थित घरमा प्रचण्ड किन पुगे त ? चर्चाको विषय बन्न थालेको छ ।

थापाकै पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का उपाध्यक्ष हुन् विक्रम पाण्डे । पाण्डे अहिले भ्रष्टचार गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको छ । खासगरी प्रचण्डकै पहलमा पाण्डेविरुद्ध मुद्दा दायर भएको भन्नेहरु पनि प्रशस्त छन् ।

पाण्डेको मुद्दा चर्किरहेका बेला प्रचण्ड मालीगाउँ पुग्नुलाई धेरैले अख्तियारबाट मुद्दा फितलो बनाउने वा मुद्दा फिर्ता लिने वातावरण बनाउने प्रयासको रुपमा लिएका छन् ।

बिहान ८ बजे मालीगाउँमा पुगेका प्रचण्ड झण्डै साँढे १० बजे मात्रै मालिगाउँबाट बाहिरिएका थिए । निक्कै व्यस्त भनिएका प्रचण्ड र फुर्सदमा रहेका सुनील थापाबीच भएको गोप्य कुराकानीमा केके विषयमा कुरा मिल्यो भनेर सार्वजनिक त भएको छैन । तर, उनीहरुबीच भारतीय चुनावी परिणाम, नेपालको सत्ता समीकरण र विक्रम पाण्डेको मुद्दा सम्बन्धी कुराकानी भएको बताइन्छ ।

यो राजनीतिक भेटघाट : थापा
दुई पटक मन्त्री भए पनि यति थापा राजनीतिक वृत्तमा त्यति चर्चामा छैनन् । किनकी उनको पार्टी राप्रपा प्रजातान्त्रिकका केही नेताहरु भ्रष्टचारको मुद्दामा परिरहेका छन् ।

तर, यही बेला थापालाई भेट्न प्रचण्ड मालिगाउँ पुगे । यसलाई थापाले राजनीतिक र पारिवारिक भेट भएको बताएका छन् । थापाले आफु राजनीतिक गर्ने भएकाले राजनीतिक पार्टीका नेताहरुसँग नियमित भेट भइरहने बताए ।

‘नेताहरुसँग भेट हुँदा हाम्रोमा चिया खान आउनुस् भनिरहन्छन्, मैले पनि त्यसै भन्छु’ थापाले निशान न्युजसँग भने, ‘त्यसैको सिलशीलामा प्रचण्ड ज्यू मालीगाउँ आउनु भएको हो । केही दिन अघि शेरबहादुर देउवा जी पनि आउनु भएको थियो । यो क्रम निरन्तर चलिरहेको छ ।’
विक्रम पाण्डेको मुद्दाको विषयमा भने कुनै कुरा नभएको थापाको जिकिर छ । ‘न मैले मुद्दा हालेको हो, न मैले अख्तियारसँग कुरा नै गर्न सक्छु’ उनले भने, ‘प्रचण्डसँग यो विषयमा कुरै भएन र हुने कुरा पनि भएन ।’

गुपचुप भेट, फोटो सार्वजनिक
प्रचण्ड र थापा बीचको भेटलाई न थापाको सचिवालयले सार्वजनिक गरेको छ, न त यो विषयमा थापा र प्रचण्डले नै सार्वजनिक गर्न चाहेका छन् । विपरित ध्रुवका यी दुई नेता बीचको भेटलाई अति गोप्य बनाउन खोजिए पनि थापाका स्वकीय सचिव मदन घिमिरेले मालीगाउँमा प्रचण्डसँग बसेको तस्विर सामाजिक सञ्जालमा पोष्ट गरे ।

थापाका स्वकीय सचिव घिमिरेले थापा निवासको बैठक कक्षमा खिचेको तस्विर सार्वजनिक गरे पनि प्रचण्ड र सुनील थापाबीचको भेटवार्ताको तस्विर भने सार्वजनिक भएको छैन ।

विहानै प्रचण्ड मालिगाउँ पुगेपछि मालीगाउँको सुरक्षा अत्यन्तै कडा पारिएको थियो । स्रोतका अनुसार प्रचण्डले दशैं अघि नै मालिगाउँ आउने प्रतिवद्धता जनाएका थिए । त्यो बेला प्रचण्डका लागि ब्रेकफास्टसमेत तयार थियो । तर, व्यस्तता जनाउँदै प्रचण्ड मालिगाउँ गएका थिएनन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...