छोराले गरे आफ्नै बावुको हत्या

Hatya

मोरङ । विराटनगर महानगरपालिका-१७ धुनियाँ बस्तिमा बिहीवार १ व्यक्तिले छुरा प्रहार गरी आफ्नै बावुको हत्या गरेका छन् । छुरा प्रहारबाट सोही स्थान बस्ने ५० वर्षीय शसी मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

राति साढे ९ बजेको समयमा शसी मण्डल तथा उनकी जेठी श्रीमतीको छोरा २५ वर्षीय आकाश मिया मण्डल र शसी मण्डलको कान्छी श्रीमतीको छोरा २२ वर्षीय २२ को चुनु मण्डलबीच घरायसी बिवाद हुँदा चुनु मण्डलले आफ्नै बावुलाई धारिलो हतियार छुरा प्रहार गरेका थिए ।

छुरा प्रहारबाट गम्भीर घाइते मण्डललाई उपचारको लागि नोवेल अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा राति साढे १० बजे मृत्यु भएको थियो ।

छुरा प्रहारबाट सौतेनी दाजु आकाश मण्डलसमेत घाइते भई सोही अस्पतालमा उपचार भईरहेको छ । छुरा प्रहार गर्ने मण्डललाई पक्राउ गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिकृया दिनुहोस