बेहुलाको घरबाट मलामी...! सबै शोकमा

Dulahgp copy aru078xme3

बाँके । बेहुलाका आमाबुवा र भतिजासहित ६ जनाको ज्यान गएपछि बाँकेको राप्ती–सोनारी गाउँपालिका-८, शम्शेरगञ्ज गाउँ शोकमा डुबेको छ ।

चितवनको गीतानगरबाट बुहारी लिएर फर्किंदै गरेको जीप दाङको रिहार नजिकै दुर्घटना हुँदा बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर-८, शम्शेरगञ्जका दुलाहाका बुवा ५३ वर्षीय मानबहादुर केसी, दुलाहाकी आमा ४५ वर्षीया बिमला खत्री र दुलाहाका भतिजा ३ वर्षीय प्रविण केसीसहित ६ जनाको निधन भएको छ ।

दुर्घटनामा ४९ वर्षीय विश्वनाथ अधिकारी, ३१ वर्षीय दिपककुमार खड्का र कोहलपुर नगरपालिका-१२, का ७८ वर्षीय दत्तबहादुर खत्रीको निधन भएको छ । बिहेको रमाइलोमा रहेको शम्शेरगञ्ज गाउँ दुर्घटनाको खबरलगत्तै शोकमा डुबेको छ । शम्शेरगञ्ज बजार बन्द गरी स्थानीयहरु केसी परिवारको घरमा पुगेका छन् ।

मृतक मानबहादुर शम्शेरगञ्जमा रहेको माध्यमिक विद्यालयको शिक्षकसमेत थिए । शोकमा बिहीबार विद्यालय पनि बन्द भएको छ ।

विद्यालयका प्रधानाध्यापक ऋषि शर्माले गाउँलेहरुले सोच्दै नसोचेको घटना भएको भन्दै गाउँ नै शोकमग्न भएको बताए । चितवनबाट बेहुली लिएर फर्कँदै गर्दा जन्तीलाई भोक लागेको भन्दै बेहुलाका बुवा–आमाले दाङको भालुबाङ मौरीघाटमा खसी काटेर खाने व्यवस्था मिलाएर आफूहरु घरमा व्यवस्थापन गर्ने भन्दै अगाडि निस्किएका थिए ।

मौरिघाटबाट सबैभन्दा छिटो घर पुग्ने भन्दै निस्किएका बेहुलाका बुवाआमा चढेको जीप दुर्घटनामा पर्‍यो । बेहुला–बेहुली र जन्तीले घर पुगेपछि मात्रै दुर्घटनाबारे जानकारी पाएका थिए । गाडीका चालकले गाडीको माला निकाल्न लागेपछि मात्रै दुर्घटनाको बारेमा दुलाहा यमबहादुर खत्री र बेहलुी लक्ष्मीलगायत अन्यले जानकारी पाएका हुन् ।

दुर्घटनामा घाइते भएकी ४५ वर्षीय गीतादेवी खत्री र चालक २१ वर्षका यमबहादुर मगरको नेपालगञ्ज शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।जिल्ला अस्पताल दाङमा मृतकहरुको शव पोष्र्टमार्टम गरी बिहीबार राति नै अन्तिम संस्कार गर्ने तयारी गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...