शेयर बजारमा सामान्य सुधार, झिनो अङ्कले बढ्यो

Share bazzer samanya sudhar

काठमाडौं । धितोपत्र बजारमा लगातार घट्दै आएको शेयरको मूल्यमा सामान्य अङ्कले वृद्धि भएको छ । आज कारोवार मापक नेप्से परिसूचक सात दशमलव छ बिन्दुले बढेर एक हजार १४८ दशमलव ७८ बिन्दुमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ६४ बिन्दुले बढेर २४४ दशमलव ७० बिन्दुमा पुगेको छ । स्टकक अनुसार आज कूल १५४ कम्पनीको नौ लाख ९७ हजार ६७२ कित्ता शेयर ३२ करोड ३७ लाख ५८ हजार ७४ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका दश उपसमूहमध्ये आज तीन उपसमूहको शेयर घटेका छन् भने सात उपसमूहको शेयर कारोवारमा वृद्धि भएको छ । होटल एक दशमलव ८५, वित्त शून्य दशमलव ४४ र अन्य उपसमूह दुई दशमलव ५७ बिन्दुले घटेको छ ।

बैंकिङ आठ दशमलव ५५, विकास बैंक आठ दशमलव ८७, जलविद्युत् आठ दशमलव आठ, निर्जीवन बीमा ६५ दशमलव ७८, उत्पादन पाँच दशमलव ३८, लघुवित्त ११ दशमलव ६१ र जीवन बीमा ३० दशमलव २७ बिन्दुले बढेको छ । साताको कारोवार हुने आज अन्तिम दिन नागबेली लघुवित्त वित्तीय संस्था, रैराङ हाइड्रोपावर कम्पनी, लक्ष्मी लघुवित्त वित्तीय संस्था, काबेली विकास बैंकका शेयरधनीले कमाएका छन् ।

सूर्योदय लघुवित्त वित्तीय संस्था, सेन्ट्रल फाइनान्स लिमिटेड, पञ्चकन्या माई हाइड्रोपावर र महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...