प्रचण्ड भन्छन् - शहीदको सपना पूरा गराउन प्रयासरत छौं

Prachanda dahal

काठमाडौंं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनक्रान्तिका शहीदको सपना पूरा गराउन आफ्नो पार्टी प्रयासरत रहेको बताएका छन् ।

उनले बिहिबार थारू भाषाको पत्रिका ‘मुक्तिक डगर’मुक्तिको बाटो विमोचन गर्दै शहीद, बेपत्ता तथा घाइते योद्धाको सपना पूरा गराउन कसैसँग पनि सम्झौता गर्ने बताए ।

उनले नेपालको समग्र परिवर्तनका लागि शहीदले बगाएको रगत र देखेको सपना केही पूरा भए पनि केही पूरा नभएकाले त्यसलाई पूर्णता दिनु परिवर्तनकारी शक्तिको दायित्व भएको उल्लेख गरे ।

नेपालको संविधानले उत्पीडित जाति तथा समुदायका लागि अधिकार दिए पनि वास्तविक रुपमा अधिकार कार्यान्वयनको तहमा समेत पुग्न नसकेको उनको भनाई थियो ।

आफूले विगतमा पनि उत्पीडित जाति र समुदायको पक्षमा लडेको र संविधानमा उनीहरुको अधिकार स्थाािपत गर्न लागिपरेको भन्दै केही बाँकी रहेका विषयलाई संविधान संशोधनमार्फत पूरा गर्न सकिने अवस्था रहेको अध्यक्ष दाहालको भनाइ थियो ।

जनयुद्धको समयमा सबैभन्दा बढी त्याग र बलिदान थारू समुदायले गरेको स्मरण गर्दै उनले समुदायको अधिकारको पक्षमा अहिले पनि आफू र आफ्नो पार्टी रहेको बताए ।

थारू समुदायका अगुवा एवं शहीद जोखन चौधरीले सम्पादन गर्नुभएको पत्रिका विगतमा बन्द भए पनि हाल पुनः प्रकाशन शुरु भएको उपलक्ष्यमा विमोचन गरिएको हो ।

प्रतिकृया दिनुहोस