विवाहको कार र यात्रु बस ठोक्किदा ६ जनाको मृत्यु , २ जना घाइते

Dang accident

दाङ । दाङको रिहारमा बस र बेलुली लिएर फर्किँदै गरेको स्कारपियो कार ठोक्किदा ६ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत लमही नगरपालिका वडा नं. ९ रिहारस्थित प्रहरी चौकीदेखि पश्चिमतर्फ महेन्द्रनगरदेखि काठमाडौंतर्फ जाँदै गरेको ना५ ख ४०९० नम्बरको बस र बुटवलदेखि नेपालगञ्जतर्फ जाँदै गरेको बा१२ च ३१२२ नम्बरको कार एक आपसमा ठोक्किँदा ६ जनाको मृत्युु भएको हो ।

मध्यराती भएको सो दुर्घटनामा परी बाँके राप्ती सोनारी गाउँपालिका –८ शम्शेरगञ्ज बस्ने ४९ वर्षीय विश्वनाथ अधिकारी, सोहि ठाउँका ५ वर्षीय प्रविन केसी, ५३ वर्षीय मानबहादुर केसीको लमहीस्थित फ्लोरेन्स अस्पतालमा उपचारका क्रममा मृत्यु हो ।

सोहि गाउँपालिका–८ का ४९ वर्षीय बिमला खत्री, ३१ बर्ष दिपककुमार खड्का र कोहलपुर नगरपालिका १२ का ७८ बर्ष दक्तबहादुर खत्रीको लमही अस्पतालमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा मानबहादुर बेहुलाका बुवा हुन् भने बिमला आमा हुन् । प्रविन केसी भने बेहुलाका भतिज हुन् ।

दुर्घटनामा परि राप्तीसोनारी ८ की ४५ वर्षीय गितादेवी खत्री र चालक यमबहादुर बुढा घाइते भएका छन् । घाईते दुबैलाई नेपालगञ्ज कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको फ्लोरेन्स अस्पताल लमहीका प्रमुख डा.पुष्प भुषालले बताए ।

मृत्यु भएको सबैको शव पोष्टमाटमका लागि लमहि अस्पतालमा राखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...