समृद्धिको नारा बोकेको सरकार प्रचारमा मात्रै व्यस्त : डा. महत

Media intarnatoin news

काठमाडौं । पूर्वअर्थमन्त्री डा. रामशरण महतले सेयर बजार लगातार रुपमा घट्नु अर्थतन्त्रका लागि नकारात्मक सूचक रहेको बताएका छन् । डा. महतले अर्थतन्त्रको प्रमुख सूचकहरु मध्येको एक रहेको सेयर बजार नौ महिनासम्म निरन्तर ३०० अंकले घट्नु नराम्रो संकेत भएको बताए ।

मिडिया इन्टरनेशनलद्धारा आयोजित एक कार्यक्रममा डा. महतले पद सुहाउँदो जनशक्तिको अभाव, सुशासनको अभाव, जिम्मेवारी र रकमको बाँडफाँडमा समस्या, फजुल खर्चे प्रवृत्ति, धेरै राजनीतिक पद लगायतका कारण मुलुकमा आशावादी अवस्था नदेखिएको बताए ।

सामाजिक सुरक्षा कोषको योजना १०/१२ वर्षदेखि नै सुरु भए पनि यसको कार्यान्वयनपछि फजुल खर्च गरेर आवश्यकभन्दा बढी सरकारले प्रचार गरेको उनले आरोप लगाए ।

कार्यक्रममा अर्थविद् डा. चन्द्रमणी अधिकारीले एकअर्कालाई दोषारोपण गर्ने प्रवृत्ति हटाउनुपर्ने बताए । अहिले उपभोगको मात्रै अन्तरराष्ट्रियीकरण भएको भन्दै उनले अब उत्पादनको पनि अन्तर्राष्ट्रियीकरण गर्नुपर्नेमा जोड दिए ।

ऐन नियमको उचित ब्याख्या गरिनुपर्ने, राजनीतिक दलहरु आन्तरिक विषयमा मात्रै नअल्झेर राष्ट्रिय मुद्धाहरुतर्फ बढी अग्रसर हुनुपर्ने र विदेशी लगानी बढीभन्दा बढी भित्र्याउनका लागि विश्वासिलो आधार तय गरिनुपर्नेतर्फ उनको जोड थियो ।

सेयर बजार विज्ञ डा. गोपाल भट्टले नीतिगत व्यवस्थामै भएको कमजोरीका कारण बैंकिङ क्षेत्र एवम् पुँजी बजारमा समस्या देखिएको बताए । बैंकिङ क्षेत्रमा तरलता छ भने सुरक्षित क्षेत्र हेरेर लगानी गर्न पाउने नीति तयार गरिनुपर्ने उनले बताए ।

कार्यक्रममा चेम्बर अफ कमर्श, प्रदेश नं. ५ का अध्यक्ष भीमलाल पौडेल, मिडिया इन्टरनेशनलका अध्यक्ष माधव निर्दाेश लगायतले सबल अर्थतन्त्र निर्माण लागि लाग्न सरकारलाई आग्रह गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...