निर्मला पन्त हत्या प्रकरण : प्रशासनको गेटैमा गरियो यज्ञ

Nirmala birthday

कञ्चनपुर । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज १४० दिन बितेको छ । तर, सरकारले नक्कली अभियुक्त खडा गर्दै घटना ढाकछोप गर्दै आएको छ ।

पन्तको हत्यामा संलग्नमाथि कारवाही हुन नसकिरहेका बेला कञ्चनपुरबासीले निर्मला पन्तको न्यायका लागि चरणबद्ध आन्दोलनमा उत्रिएको नागरिक संघर्ष समितिले निर्मलाको आत्माको शान्तिको कामना गर्दै जिल्ला प्रशासन अगाडि यज्ञ गरेको छ ।

जिल्ला प्रशाषन कार्यालयअगाडि यज्ञ गरिएको हो । आज निर्मला पन्तको जन्म दिन पनि हो । निर्मलाको जन्म दिन मनाउन नपाए पनि कञ्चनपुरबासीले उनको सम्झनामा यज्ञ लगाए ।

‘२१ गते बसेको समितिको बैठकले आन्दोलनका विभिन्न कार्यक्रम अन्तर्गत २६ गते निर्मलाको आत्माको शान्तिका लागि हुमन गर्ने कार्यक्रम तय गरिसकेका थियौँ’, नागरिक संघर्ष समितिका संयोजक मिना भण्डारीले भनिन्, ‘संयोगले आजै उनको जन्मदिन परेछ । त्यसैले परिवारसहित हामीले हुमन गरेका हौँ ।’

उनले राष्ट्रप्रमुखहरुको सद्धबुद्धिका लागि पनि हुमन कार्यक्रम राखिएको बताइन् । निर्मलाको हत्यामा संलग्न भन्दै पटक–पटक निर्दोष व्यक्तिलाई दुःख दिने गरेको छ । निर्मलाको बलात्कारपछि हत्या भएको १४० दिन बितिसक्दासमेत वास्तविक हत्यारा पहिचान हुन सकेको छैन ।

निर्मलाको न्यायका लागि आफूहरु ३२ दिनदेखि धर्नामा बस्दा पनि सरकारले वास्तविक दोषीलाई पहिचान गर्न नसकेको निर्मलाकी आमा दुर्गादेवी पन्तले बताइन् । सरकारले घटनाको १४० सदिनसम्म पनि अपराधी पहिचान गर्न नसकेकोले आफूहरुले सरकारको आँखा खोल्न जिल्ला प्रशासन अगाडि नै हुमन गरेको उनको भनाई छ ।

हुमन सकेपछि संघर्ष समितिले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुखलाई समेत यज्ञको प्रसाद पठाएका छन्

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...