जबर्जस्ती करणी आरोपमा युवा पक्राउ

Arreeee

अछाम । अछाममा एक किशोरीमाथि जबर्जस्ती करणी भएको छ ।

१७ वर्षीया एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा अछाम प्रहरीले ३३ वर्षीय युवकलाई पक्राउ गरेको हो ।

जबरजस्ती करणीको आरोपमा जिल्लाको साँफेबगर नगरपालिका–४ भण्डारीगाउँ निवासी ३३ वर्षीय मिलन भुललाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । किशोेरीले दिएको जाहेरीका आधारमा भुललाई पक्राउ गरिएको अछामका प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाहीले बताए ।

भुलले यही मङ्सिर २३ गते आइतबार ती किशोरीमाथि जबरजस्ती करणी गरेपछि किशोरीले साँफेबगर इलाका प्रहरी कार्यालयमा जानकारी दिएलगतै प्रहरीले भुललाई घरबाटै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।

सो घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी शाहीले बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...