बसको ठक्करबाट युवकको मृत्यु

Accident

काभ्रेपलाञ्चोक । बाँसघारीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ ।

अरनिको राजमार्गअन्तर्गत बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको ना४ ख९२२१ नम्बरको बसले सोही दिशाबाटै जाँदै गरेको बा८३ प३३५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा धुलिखेल नपा-३ कुत्तालका २० वर्षीय सन्त तामाङ गम्भीर घाइते भएको र उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।

प्रहरीले बस चालक र मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...