सहकारीको भ्रमण सकेर जिल्ला फर्कियो प्युठानको सहकारी टोली

Saharari toli

काठमाडौं । प्यूठानमा रहेको ओम बहुउदेश्यीय सहकारी संस्थाका पदाधिकारी विभिन्न जिल्लाका अब्बल सहकारीहरुको अध्ययन गरी फर्किएका छन् ।

खलंगा, विजुवार, खैरा, धरमपानी र मरनठाना लगायतका स्थानलाई कार्य क्षेत्र बनाएको सो सहकारीले आफ्नो सहकारीलाई थप प्रभावकारी बनाउन विभिन्न जिल्लामा रहेका सहकारीहरुको अध्ययन थालेको थियो ।

यसैक्रममा सहकारीका पदाधिकारीहरुले गोरखाको हिमचुली साकोस र काभ्रेको बनेपास्थित सहकारी वुडोल साकोस र विन्दबासिनी साकोसको अध्ययन गरेको छ ।

सो सहकारीका अध्यक्ष विजय श्रेष्ठ नेतृत्वको सो टोलीमा सचिव भुमा पौडेल, कोषायक्ष लक्ष्मी श्रेष्ठ, सहसचिव हिमाल जिसी, ऋण समिति संयोजक भानुभक्त श्रेष्ठ, सञ्चाल समिति सदस्य लोकेन्द्र सुनार, सिता कक्षपति, व्यवस्थापक बसन्तलाल श्रेष्ठ र बजार सहायक हिमा श्रेष्ठ सहभागी थिए ।

३ वटा सहकारीको भ्रमण सकेर काठमाडौं आइपुगेको सो टोलीका अध्यक्ष श्रेष्ठले अन्य सहकारीको अध्ययनले धेरै सिक्न बाँकी रहेको देखिएको बताए । ‘सदस्य केन्द्रित भएर कार्यक्रम ल्याउनुपर्ने देखियो’ उनले भने, ‘अब साना साना किसानलाई आकर्षित गर्ने कार्यक्रम ल्याउँछौं ।’

उनले कुखुरा बाख्रा लगायतको विमा पनि ल्याउन सकिने रहेछ भन्ने अध्ययनबाट सिकिएको बताए । ‘सहकारीबाटै सवारी साधनको विमा गर्न सकिने रहेछ । त्यो पनि सोच बनाएका छौं’ उनले भने, ‘बालबालिकाको अध्ययन विमा र चाडपर्वका लागि पनि बचत गर्न सकिन रहेछ, अब प्यूठानमा त्यो लागू गर्छौ ।’

२०५७ मा सथापना भएको ओम बहुउदेश्यीय सहकारी संस्थाले निक्षेप २ करोड ३२ लाख ४८ हजार ३ सय ९९ रुपैयाँ बचत गरेको छ भने यसको शेयर पुँजी १२ लाख ३१ हजार ४ सय रुपैयाँ छ । ४ सय ५ जना शेयर सदस्य रहेको सो सहकारीले २ करोड ३९ लाख ३८ हजार ४ सय २० रुपैयाँ ऋण लगानी गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...