व्यवसायीको नेतृत्व गर्न फेरि मैदानमा उत्रिए जोशी

Ganesh joshi

कञ्चनपुर । उदोगी व्यवसायीको छाता संगठन कञ्चनपुर उद्योग बाणीज्य संघको भावी नेतृत्वका लागि गणेशदत्त जोशी फेरि एक पटक मैदानमा देखिएका उत्रिएका छन् ।

अघिल्लो अधिवेशनमा झिनो मतले पराजित भएका जोशी यसपटक उद्यमी व्यवसायीको साथ र सहयोग पाउने आशसहित चुनावी मैदानमा होमिएका छन् ।

मिजासिला व्यक्तित्व, मिठो बोली, शान्त । सबै परिस्थितिमा शान्त भएर मिठो बोल्न सक्ने क्षमताका जोशी आर्थिक क्षेत्रमा परिचति नाम हो । ‘मैले अहिलेसम्म उद्यमी व्यवसायी सबैको साथ पाउँदै आएको छु, यो पटक मलाई संघको नेतृत्व गर्ने अवसर दिनेमा आशावादी छु’ अध्यक्षका उम्मेदवार जोशीले भने ।

उसो त जोशी तीन वर्ष अघिसम्म संघको नेतृत्वमा थिए । २०७२ मा १५ औं अधिवेशनमा झिनो मत अन्तरले पराजित भए । त्यस अघि १४ औं उनी चार पटक अध्यक्ष भएका हेमबिक्रम थापालाई पराजित गरी २०६९ मा अध्यक्षमा निर्वाचित भएका थिए । त्यो निर्वाचन जोशीको लागि फलामको चिउरा चपाउन सरह थियो ।

अध्यक्षमा निर्वाचित भएपछि पहिलो कार्यकालका अधुरा काम पूरा गर्ने लक्ष्यका साथ १५ औं निर्वाचनमा उम्मेदवार भएका जोशी झिनो मतले पराजित भए । चुनावमा पराजित भएर पनि उनी उद्यमी व्यवसायीको हकहित गर्ने लक्ष्यका साथ संघमा सक्रिय भए ।

‘प्राविधिक रुपमा चुनाव हारे पनि मैले कहिल्यै पनि संघ बाहिर भएन, म संघमै छु, मैले त्यसलाई हारका रुपमा लिएन’ अध्यक्षका उम्मेदवार जोशीले भने, ‘मेरो लक्ष्य भनेकै उद्यमी व्यवसायीका लागि काम गर्ने हो, मेरो कार्यकालका अपूरा काम पूरा गर्ने हो, त्यसका लागि यस पटक मलाई अवसर दिनेमा विश्वस्त छु ।’

जोशी स्नातक सकिएपछि व्यवसायमा लागेका थिए । व्यवस्थापन विषयका स्नातक जोशी उद्यमी व्यवसायीको हकहित र आर्थिक विकासका एजेण्डा बोकेर निर्वाचनमा आएका छन् । ‘व्यवसायकि हकहितका लागि केही गर्न सकिन्छ भनेर नै हामीहरु निर्वाचनमा जान लागेका छौ, सर्बैले संघलाई बलियो बनाएर उद्यमी व्यवसायीको हित गर्ने लक्ष्य हो’ उनले भने ।

पहिलो जनआन्दोलनसंगै व्यवासयमा आएका जोशी हाल निर्माण व्यवसायीय र मोटरसाइकलको कारोबार गर्दै आएका छन् । निर्माण क्षेत्रमा पहिचान बनाएका उनी सामाजिक कार्यमा समेत सक्रिय छन् ।

जोशीको पहिलो कार्यकालमा आर्थिक विकासका सम्भावना बोकेका महत्वपूर्ण कार्यका लागि पहल गरेका थिए । उनको पहलमा महाकाली नदीको शारदा ब्यारेज ७ घण्टासम्म खुल्ला गरिएको हो । त्यसका लागि उनी नेपाल भारतका अधिकारीकसित पटक पटक छलफलमा बसेका थिए ।

महाकाली नदीमा निर्माणाधीन पक्की पुल निर्माणका लागि जोशीको अर्को सबैभन्दा ठूलो कार्यकालको काम थियो । अहिले पुल निर्माण भइरहेको छ । छेला औद्योगिक क्षेत्र स्थापना, मझगाउँ विमानस्थल सञ्चालन, झिलमिला ताललाई पर्यटकीय क्षेत्र र महाकाली अञ्चल अस्पतालमा सघन उपचार कक्ष सञ्चालनका लागि पनि जोशीले पहल गरे । झिलमिला तालमा परिक्रमा पथ निर्माण गरी दर्शनार्थीलाई बसोबासका लागि बेञ्चको व्यवस्थापन उनको कार्यकालमा गरिएको थियो ।

ताल हेर्न आउने आन्तिरिक तथा बाह्य पर्यटकका लागि बेन्च राखिएको हो । उनको कार्यकालमा मटेनादेपख ताराकोटसम्म बाटो बनाएर सवारी साधन सञ्चालन गरिएका थिए । जोशी सुख्खा बन्दरगाह सञ्चालनका लागि सुरुदेखि पहलकदमी गर्दै आएका छन् । जोशी नेतृत्वको बाणिज्य संघले व्यापारीको सुबिधाका लागि एम्बुलेन्स सञ्चालनमा ल्याएका थिए ।

यस्ता छन् जोशीका चुनावी एजेण्डा
संघका पूर्व अध्यक्ष जोशीले कञ्चनपुरका व्यवसायीका हकहितको संरक्षणसँगै व्यवसायिक विकासका लागि विभिन्न योजनाहरु अघि सारेका छन् । अहिले ७ घण्टा सञ्चालनमा रहेको महाकाली पुललाई १२ घण्टा सञ्चालनका लागि नेपाल सरकारसंगै सीमावर्ती क्षेत्रका जनप्रतिनिधि र सिंचाई विभागका कर्मचारीहरुसँग समन्वय गर्ने योजना जोशीले बनाएका छन् ।

उनले शुरुमा कञ्चनपुर उद्योग बाणिज्य संघमा सभागृह निर्माण गर्ने, मझगाउँ ऐरपोट सञ्चालनमा ल्याउन र पक्कि बनाउन सम्बन्धित निकायसँग पहल गर्ने, औद्योगिक क्षेत्र चाडो कार्यान्वयनमा ल्याउन स्थानीय, प्रदेश र केन्द्र सरकारसँग पहल गर्ने योजना बनाएका छन् ।

व्यापार व्यवासायका क्रममा सीमामा हुने समस्या समाधानका लागि आवश्यक पहल गर्नुका साथै आन्तरिक राजश्व कार्यालयसँग समन्वय गरि करमैत्री वातावरण सृजना गर्ने तयारी उनको छ । व्यवसायीहरुको क्षमता अभिबृद्धिका लागि सिपमुलक तालिम, प्रशिक्षण व्यवसायीलाई दिइनेछ ।

स्थानीय सरकारसँग सहकार्य गरि अर्थतन्त्र बलियो बनाउने, साना व्यवसायीलाई व्यवस्थीत बनाइने, सबै स्थानीय तहमा समिति गठन गरि काम गर्ने योजना जोशीको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...