निर्धन उत्थान बैंकले दियो ऋणी बीमा रकम

Bank bima

काठमाडौं । निर्धन उत्थान बैंकले स्वबलम्बन महिला समुहकी ऋणीलाई बिमित रकम दिएको छ ।

बैंकको ललितपुर शाखा कार्यालय ठेचोले आफ्ना ऋणीको मृत्यु हुँदा बीमा सेवा उपलब्ध गराउँदै आएको छ । यसैक्रममा काठमाडौंको किर्तिपुर नगरपालिकाका वडा नं. २ की ऋणी सरिता प्रधानको परिवारलाई १ लाख ९० हजार रुपैयाँ कर्जा बीमा प्रदान गरेको छ ।

बिहिबार एक कार्यक्रमको आयोजना गरि उक्त रकम प्रदान गरिएको हो । गत असारमा ग्रमिण कर्जा बिमा क्षतीपूर्ती समूहकी सदस्य सरिता प्रधानको दुर्घटनामा मृत्यु भएको थियो ।

मृतक प्रधानका श्रीमान विर्केश्वर प्रधानलाई बिहीबार एक कार्यक्रमको आयोजना गरी किर्तिपुर नगरपालिकाका वडा नं. २ का वडाध्यक्ष रमेशमान मर्हजन र समूहकी अध्यक्ष लिलादेवी गड्तौलाले संयुक्त रुपमा बीमा वापतको सो रकम प्रदान गरे ।

बैंकले कर्जा लिएका समूहका सदस्यहरुको मृत्यु भएमा क्षतीपूर्ती स्वरुप बीमा बापतको रकम आश्रित परिवारलाई प्रदान गर्दै आएको कार्यालयका शााखा अधिकृत हरिलाल विकले बताए ।

बैंकमा पहुँच र धितो नभएका व्यक्तिहरुलाई समूहगत जमानीमा ३ लाख तथा धितो राखेर ७ लाखसम्म ऋण उपलब्ध गराउँदै आएको बैंकका कार्यक्रम अधिकृत रविन्द्र तिमिल्सनाले बताए ।

बैंकले बैंकले अहिलेसम्म ७७ वटै जिल्लामा ९८ अर्ब लगानी गरेको छ । लगानी गरेको ऋणमध्ये १६ अर्ब ऋण असुली हुन बाँकी छ ।

 

 

प्रतिकृया दिनुहोस