विक्रम पाण्डेविरुद्ध भ्रष्टाचारको मुद्दा दायर, पाण्डेविरुद्ध २ अर्ब १३ करोड रुपैयाँ बिगो माग दाबी

Bikram pandey

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का प्रभावशाली नेता हुन् विक्रम पाण्डे । पार्टी उपाध्यक्षसमेत रहेका पाण्डे गत प्रतिनिधिसभाको निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं. ३ बाट हालका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टक्कर दिने नेता भनिएको थियो ।

राप्रपा प्रजातान्त्रिकले पनि जित्न सक्ने नेताको सुचीमा राखेको थियो । जित्न सक्छु भनेर नै पाण्डेले निर्वाचनका बेला पैसाको खोलो बगाएका थिए । तर, तिनै नेता अख्तियारको आँखामा परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा अनियमितता भएको दाबीसहित पाण्डेसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । योसँगै राप्रपा प्रजातान्त्रिकमा खैलाबैला मच्चिएको छ । अख्तियारले पूर्वमन्त्री एवं राप्रपा नेता विक्रम पाण्डेलगायत कन्सल्टेन्ट उद्धवराज चौलागाई, चार आयोजना प्रमुख रमेश बस्नेत, दीलिपबहादुर कार्की, सरोजचन्द्र पण्डित र सर्वदेव प्रसादलगायत २१ जनाविरुद्ध मुद्दा दायर भएको हो ।

अख्तियारका अनुसार पाण्डेविरुद्ध २ अर्ब १३ करोड रुपैयाँ बिगो माग दाबी छ । वर्तमान आयोजना प्रमुख सर्वदेवप्रसाद, सिडिई मिनराज ढकालविरुद्ध पनि भ्रष्टाचारविरुद्धको मुद्दा दायर भएको छ । उनीहरुमाथि बिगी माग दाबी छैन ।

आयोजनाको नहर बनाउने ठेक्का पाएको ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सन प्रालिका मालिकसमेत रहेका पाण्डेविरुद्ध आयोगले मुद्दा दर्ता गरेलगत्तै राजनीतिक तहमा पाण्डेको खैरो खन्न पनि थालिएको छ । सिंचाई आयोजनाको मुल नहर निर्माणमा गुणस्तरहीन काम गरि भ्रष्टाचार गरेको आयोगको ठहर छ । मुल नहर सुरु नहुँदै परिक्षणको क्रममा करिब ३५ किमि नहर कामै नलाग्ने गरि भत्किएको थियो ।

नहर निर्माणमा गुणस्तरलाई ध्यान नदिएको आशंकामा आयोगले छानविन गर्दा ठेकेदार कम्पनी, परामर्शदाता कम्पनी र आयोजना हेर्ने कर्मचारीहरुको संलग्नतामा गुणस्तरहीन काम भएको भेटिएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...