ड्रोन क्यामेरा उडाउँदै गरेका २ जना पक्राउ

Pagal haru

डोटी । आकाशमा ड्रोन उडाउँदै गरेको अवस्थामा डोटीमा दुईजना डेनमार्कका नागरिकलाई प्रहरीले पक्राउ परेको छ ।

डोटीको दिपायल सिलगढी नगरपालिका-६, सिलगढीबाट आकाशमा ड्रोन क्यामेरा उडाइरहेका बेला जिल्ला प्रहरी कार्यालय डोटीको टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक नृपबहादुर बोहराले बताए ।

‘ड्रोन उडाउँदै गरेको अवस्थामा हाम्रो प्रहरीले देखेपछि जिल्ला प्रहरीमा ल्याएका छौ‌ं’, उनले भने, ‘हामीले थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि जिल्ला प्रशासन पठाउँदै छौ ।’

पक्राउ पर्नेमा एक महिला र एक पुरुष रहेका छन् । उनीहरुको नाम भने प्रहरीले खुलाएको छैन । श्रोतले दिएको जानकारी अनुसार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था एक्सन एडको कार्य क्षेत्रमा गरेका क्रियाकलापको डकुमेन्ट्री बनाउन उनीहरु डोटी पुग्नुको बताइएको छ ।

उनीहरुले ड्रोन क्यामेराबाट विभिन्न फोटो र भिडियो लिन लागेको बेलामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...