दाहाल भन्छन्, ‘सरकारले धेरै र महत्वपूर्ण काम गरेको छ’

Prachanda dahal

काठमाडौं । सरकारले नौ महिने कार्यकालमा ‘धेरै ठूलो’ र ‘ऐतिहासिक महत्व’को कार्य सम्पादन गरेको नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् ।

दाहाले अव सरकार जनताको चासो र चिन्तालाई सम्बोधन गर्नेतर्फ केन्द्रीत रहेको दावी गरे । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भारतसँगको डुबान समस्या समाधान गर्नु, चीनसँग पारबहन सम्झौंता गर्नु, रेल सेवा संचालनका लागि दुवै मुलुकसँग समझदारी गरेर अघि बढनु ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै उक्त पक्षमा ध्यान दिन उनले सरकारका आलोचकहरुलाई आग्रह गरे ।

अध्यक्ष दाहालले शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था संविधानमै ग्यारेन्टी गरेकाले अव त्यो हल हुँदै जाने विश्वास व्यक्त गरे । उनले संविधानले शिक्षा, स्वास्थ्य र रोजगारी पाउने नागरिकको हकलाई सुनिश्चित गरेको उल्लेख गर्दै ती अधिकार प्राप्त नभए न्यायको खोजीमा अदालत जाने पाउने व्यवस्था ऐनमा उल्लेख गरिएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...