मलेसिया जाने बाटो खुल्दै

Baideshik rojgar

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मलेसियामा रोजगारी खुल्ने प्रक्रियामा रहेको बताएका छन् ।

मलेसियासँग भएको श्रम समझदारी कार्यान्वयन गर्न केही विधि र प्रक्रिया पूरा गर्नुपर्ने भएकाले ढिलाइ भएको बताए ।

नेपाल र मलेसियाबीच गत कातिक १२ गते श्रम समझदारी भएको थियो । उनले मलेसिया रोजगारीसम्बद्ध ५ संस्थालाई गत जेठ २ गते कारबाही गरेपछि त्यसयता कामदार मलेसिया जाने क्रम बन्द छ ।

श्रम समझदारीपछि पनि कामदार मलेसिया जान नपाएपछि विरोधका आवाज सार्वजनिक भइरहेका छन् ।

कलिङ भिसा प्राप्त गरेका १० हजार युवासमेत मलेसिया जान पाएका छैनन् । श्रम समझदारीपछि कामदार मलेसिया जान नपाएको प्रतिपक्षी दललेसमेत विरोध सुरु गरेका छन् ।

उनले मलेसिया जाने युवाको शोषण नहोस् भनेर सरकारले अडान राखेको र अब त्यसो नहुने बताए । आम युवाकोहितका लागि मलेसिया रोजगारी खुल्न केही ढिलाइ भएको उनले स्वीकार गरे ।

मलेसिया नेपालको सबभन्दा ठूलो गन्तव्य हो । हालसम्म श्रम स्वीकृति लिएर करिब १० लाख युवा त्यहाँ पुगेका छन् ।

एक महिनाअघि भएको २ देशबीचको श्रम समझदारीमा मलेसिया कामदार पठाउने संयन्त्र पुरानै रहने र ती संस्थाले लिने शुल्क रोजगारदाताले बेहोर्ने उल्लेख छ । विगतमा पनि मलेसिया जाँदा लाग्ने शुल्क कामदारले बेहोर्दै आएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...