आज शेयरको मुल्यमा गिरावट

Nepse

काठमाडौं । सोमबार र मङ्गलबार बढेको बजार आज भने करीब २३ अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २२.८ अंकले घटेर १ हजार ११८.१९ बिन्दुमा पुगेको हो ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत आज ४.९१ बिन्दुले घटेर २३७.७८ बिन्दुमा झरेको छ ।

कूल १५६ कम्पनीको ११ लाख ६८ हजार २३३ कित्ता शेयर ३७ करोड ७२ लाख ८६ हजार २७९ मूल्यमा खरीद बिक्री भएको स्टकले जनाएको छ ।

कारोवार भएको १० उपसमूह सबैको शेयर मूल्य घटेको छ । बैंकिङ १५।२२, होटल १०.७३, विकास बैंक ३३.८८, जलविद्युत २१.२४, वित्त २.४, निर्जीवन बीमा १८५.२६, उत्पादन २५.४७, अन्य २८.०८, लघुवित्त ३०.४१ र जीवन बीमा ९६.०१ बिन्दुले घटेको छ ।

घटेको बजारमा हाथवे फाइनान्स कम्पनी, दिव्येश्वरी हाइड्रोपावर कम्पनी, तिनाऊ डेभलपमेन्ट बैंकका शेयरधनीले भने कमाएका छन् ।

राधी विद्युत कम्पनी, हिमालयन डिस्टिलरी, सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्था, कालिका लघुवित्त वित्तीय संस्था, नेशनल हाइड्रोपावर कम्पनी, नेरुडे लघुवित्त वित्तीय संस्था, युनाइटेड इन्स्योरेन्स कम्पनीका शेयरधनीले बढी गुमाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...