खुल्यो सीमानामा प्रभु बैंकका ७ वटा एक्स्टेन्सन काउण्टर

Pravu bank shakha

काठमाडौं । प्रभु बैंकले भारतसँग सीमाना जोडिएका ७ स्थानमा एकैसाथ एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

नेपाल भारत सीमामा रहेका ७ वटा भन्सार कार्यालयहरुमा बैंकिङ सेवा उपलब्ध गराउने लक्ष्यसहित प्रभु बैंकले झापाको भद्रपुर, सुनसरीको कोशीब्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलवस्तुको सुठौली र कैलालीको सति भन्सार कार्यालयबाट मंगलबारदेखि एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमा आएका बैंकका एक्स्टेन्सन काउण्टरहरुको सेवाबाट सम्बन्धित भन्सार कार्यालयहरुको स्तरोन्नतीसँगै उक्त क्षेत्रमा आयात निर्यातमा बढोत्तरी भई राजश्व संकलनको आंकाडामा वृद्धि हुने बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

७ स्थानमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा आएपछि स्थानीय सेवाग्राही तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने विश्वास बैंकको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...