एसिया प्यासिफिक सम्मेलनको विरोध गर्दा चरम यातना दिइएको युवा शक्तिको आरोप

Bimal adhikari

काठमाडौं । एसिया प्यासिफिक सम्मेलनको विरोधमा उत्रिएका राष्ट्रिय युवा शक्तिका उपाध्यक्षलाई प्रहरीले चरम यातना दिएको पाइएको छ ।

एराप्रपा (राष्ट्रवादी) निकट युवा शक्तिले आइतबार एसिया प्यासिफिक सम्मेलनको विरोधमा राजधानीको चावहिलमा प्रदर्शन गरेको थियो । सो प्रदर्शनका क्रममा एराप्रपा (राष्ट्रवादी) का सहायक महामन्त्री मिना शाही, एराप्रपा काठमाडौं सचिव अंगुर पन्त, युवाका अध्यक्ष राजु लोहनी, विद्यार्थीका अध्यक्ष रविन थापा, उपाध्यक्ष विमल अधिकारीसहित झण्डै ३० जनालाई गिरफ्तार गरेको थियो ।

अन्य सबैलाई आइतबारै रिहा गरे पनि उपाध्यक्ष अधिकारीलाई भने सो दिन प्रहरीले रिहा गरेको थिएन । सोही प्रदर्शनका बेला पक्राउ परेका अधिकारीलाई प्रहरीले चरम यातना दिएको युवा शक्तिका अध्यक्ष राजु लोहनीले बताएका छन् ।

उनले मंगलबार विज्ञप्ती जारी गर्दै गौशाला प्रहरी वृत्तमा राखिएका अधिकारी शारिरीक यातना दिएर सोमबार साँझ श्रीमति वविता श्रेष्ठ अधिकारीलाई जमानी राखी रिहा गरेको उल्लेख गरेका छन् । सो विज्ञप्तीमा अधिकारीलाई यातना दिने प्रहरीलाई कारवाही गर्न र कारवाही नगरे आन्दोलन गर्ने चेतावनी पनि दिइएको छ ।

आइतबार पक्राउ परेका सबैको लिष्ट माग्दा नदिएको र बदनियतपूर्वक अधिकारीलाई भने गौशालामा राखेर चरम यातना दिइएको सो विज्ञप्तीमा आरोप लगाइएको छ ।

प्रतिकृया दिनुहोस