आज नेप्से दोहोरो अंकले वृद्धि

Nepsay hight

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा मंगलबार दोहोरो अंकले वृद्धि भएको छ ।

परिसूचक १०.२७ अंकले बढेर ११ सय ४२.०१ कायम भएको छ । मंगलबार व्यापार र होटल समूहबाहेक सबै समूहका सूचकमा वृद्धि आएकोे छ ।

सबैभन्दा धेरै विकास बैंक समूह ३१.०२ अंकले बढेको छ भने जीवन बिमा समूहमा २० अंकले वृद्धि आएको छ । निर्जीवन बिमा समूह १५.११ अंकले बढेको छ । बैंकिङ समूह ७.२२ अंकले बढेको छ ।

१६१ कम्पनीका १ लाख २२ हजार १४४ कित्ता शेयर किनबेच हुँदा ३८ करोड २६ लाख ५९ हजार रुपैयाँको कुल कारोबार भएको छ ।

आजको कारोबारमा सबैभन्दा धेरै नेपाल बैंकका ११ करोड ४२ लाख ८८ हजार रुपैयाँमा शेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

दोस्रो स्थानमा ग्लोबल आईएमई बैंकको ३ करोड ३७ लाख ४५ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आइतबार १७ अंकले घटेको नेप्से परिसूचक सोमबार ०.९ अंकले मात्र बढेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...