शेयर बजारमा दोहोरो अंकले गिरावट

Nepse

काठमाडौं । आज धितोपत्र बजारमा शेयरको मूल्य दोहोरो अंकको घाटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०.३७ बिन्दुले घटेर १ हजार १४८.७० बिन्दुमा झरेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.२१ बिन्दुले घटेर २४४.२३ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६१ कम्पनीको १० लाख ६२ हजार ४३ कित्ता शेयर ३२ करोड २९ लाख ४७ हजार ९८३ मूल्यमा खरीद बिक्री भएको छ ।

आज कारोवार भएका ११ उपसमूहमध्ये २ उपसमूहको मात्रै शेयर कारोवारमा वृद्धि भएको छ । कारोवार वृद्धि भएकामा वित्त ०.१३ र उत्पादन १.०२ बिन्दुले बढेको छ ।

बैंकिङ ९.३८, व्यापार ३.४६, होटल ९.५७, विकास बैंक ११.२७, जलविद्युत २.७१, निर्जीवन बीमा १०५.१७, अन्य २.३१, माइक्रोफाइनान्स २४.२३, जीवन बीमा ४७.७६ बिन्दुले घटेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...