आज नेप्से सामान्य अंकले बढ्यो

Nepsay hight

काठमाडौं । आज धितोपत्र बजारमा शेयरको मूल्यमा सामान्य वृद्धि भएको छ ।

लगातार घट्दै आएको बजार आज थामिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १.६१ विन्दुले बढेर १ हजार १६१.४३ विन्दुमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३४ विन्दुले बढेर २४६.९६ विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १५४ कम्पनीको ७ लाख ८८ हजार १६९ कित्ता शेयर २३ करोड १६ लाख ८२ हजार ९६१ मा खरीद बिक्री भएको छ ।

कारोवार भएका कूल १० उपसमूहमध्ये ५ उपसमूहको शेयर घटेको र बाँकी ५ उपसमूहको बढेको छ ।

बैङ्किङ २.२२, होटल १०.०८, विकास बैङ्क ३.८६, जलविद्युत् ४.८१ र अन्य २.२७ विन्दुले बढेको छ । वित्त ०.८६, निर्जीवन बीमा २७.९३, उत्पादन १.७, लघुवित्त १.४८ र जीवन बीमा ६.०१ विन्दुले घटेको छ ।

सामान्य सुधार भएको बजारमा सूर्योदय लघुवित्त वित्तीय संस्था, नेपाल हाइड्रो डेभलर्पस लिमिटेड, कालिका लघुवित्त वित्तीय संस्था, अपि पावर कम्पनी, समिट माइक्रोफाइनान्सका शेयरधनीले कमाएका छन् ।

एनएलजी इन्सुरेन्स कम्पनी, स्वरोजगार लघुवित्त वित्तीय संस्था, तिनाउ डेभलपमेन्ट बैङ्क, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, रिलायन्स फाइनान्स, नेपाल सेवा लघुवित्त वित्तीय संस्था र एक्सेल डेभलपमेन्ट बैङ्कका लगानीकर्ताले गुमाएका छन् ।

यस्तै नेपाल क्रेडिट एण्ड कर्मस बैङ्क लिमिटेडको १ करोड ५४ लाख ८४ हजार १० कित्ता हकप्रद शेयर स्कटमा सूचीकृत भएको छ ।

प्रतिकृया दिनुहोस