सहकारी आबद्ध महिलालाई नेतृत्व विकास तालिम

Sahakari talim

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले सहकारीमा आबद्ध महिलाहरुको नेतृत्व विकासका लागि दुई दिने तालिम सञ्चालन गरेको छ । तालिममा भीमदत्तका ३८ सहकारीका महिलाहरु सहभागी भएका छन् ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले सोमबार पानसमा दिप प्रज्वलन गरी तालिम उद्घाटन गरे ।

सो अवसरमा नगर प्रमुख विष्टले भीमदत्त नगरलाई समृद्ध बनाउन सबै क्षेत्रको सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै सहकारीसित सहकार्य गरी आर्थिक विकास गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको बताए ।

‘तीन खम्बे अर्थनीतिमध्ये सहकारी क्षेत्र अर्थतन्त्रको प्रमुख खम्बा हो, सहकारी क्षेत्रको माध्यमबाट उत्पादन मुलक क्षेत्र पहिचान गरी भीमदत्त नगरपालिका आर्थिक विकास गर्न चाहन्छ, रोजगारका अवसर सिर्जना गर्न चाहन्छ’ नगर प्रमुख विष्टले भने,‘त्यसका लागि नगरपालिका सहकार्य र सहयोगग गर्न तयार छ ।’

भीमदत्त नगरपालिका सहकारी शाखाका नायब सुब्बा रुपा थापाको अध्यक्षतामा गरिएको उद्घाटन कार्यक्रममा आर्थिक विकास समितिका सभापति डम्बरसिह कार्की, उदयदेब बहुउद्देश्यीय सहकारी संस्था लि।का प्रबन्धक गणेशबहादुर चन्द, निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी अधिकृत प्रेमसिंह भाट, अधिकारकर्मी प्रभुनिधि पन्त लगायतका सहभागी भएका छन् ।

तालिममा सहकारीका ऐन, स्थानीय सरकारको सहकारी निर्देशिका, महिला नेतृत्व र क्षमता विकास, सहकारीको बजार सम्भावना लगायतका विषयमा तालिम दिइने प्रशिक्षक प्रभुनिधि पन्तले जानकारी दिए । तालिममा पन्त सहित गणेश बहादुर चन्द, प्रेम सिह भाट प्रशिक्षक छन् ।

प्रतिकृया दिनुहोस