शोधनान्तर घाटा बढेको बढ्यै, ३ महिनामा १० अर्ब घाटा

Nepal rastra bank

काठमाडौं । देशमा स्थिर सरकार बने पनि देशको आर्थिक अवस्था भने खस्किँदै गएको छ । अघिल्लो महिनाको तुलनामा शोधनान्तर घाटा झण्डै १० अर्ब रुपैयाँ भएको छ ।

चालु आर्थिक वर्ष २०७५/७६ को पहिलो तीन महिनामा शोधनान्तर घाटा ३५ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थिति सम्बन्धी प्रतिवेदनले दशेको आर्थिक अवस्था बिग्रिदै गएको देखाउको छ ।

शोधनान्तर भन्नाले मुलुक भित्रिने र मुलुकबाट बाहिरिने रकमको अन्तर हो । वस्तु व्यापारमा मात्र नभएर पछिल्लो समय सेवा व्यापारमा समेत घाटा बढ्दै गएपछि चालु वर्षको तेश्रो महिनामै शोधनान्तर घाटा ३५ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा रेमिट्यान्स आप्रवाहमा ३७.३ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म ३७.३ प्रतिशतले रेमिट्यान्स बढेर २ खर्ब ४२ अर्ब १७ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा वस्तु व्यापारतर्फ नेपाललाई ३४९ अर्ब ८४ करोड रूपैँया घाटा छ भने सेवा व्यापारमा १९ अर्ब ८१ करोड रूपैंया घाटा छ ।

बढ्दो आयातका कारण मुलुकबाट बाहिरिने रकमको परिमाण ठूलो छ । वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि रेमिट्यान्स भने बढेको छ । पछिल्लो तीन महिनाको अवधिमा अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३६.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.६ प्रतिशतले घटेको थियो ।

प्रतिकृया दिनुहोस