आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

Exchange rate

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ०६ पैसा र बिक्रिदर ३० रुपैयाँ २२ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ९८ पैसा र बिक्रिदर ३१ रुपैयाँ १४ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ७० पैसा र बिक्रिदर ३० रुपैयाँ ८७ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८९ पैसा र बिक्रिदर २७ रुपैयाँ ०३ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९६ र बिक्रिदर १० रुपैयाँ ०१ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ७० रुपैयाँ ९३ पैसा छ भने बिक्रिदर ३ सय ७२ रुपैयाँ ९० पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर २ सय ९९ रुपैयाँ १९ पैसा र बिक्रिदर ३ सय ७८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...