यसै हप्ता एशिया प्यासिफिक शिखर सम्मेलन हुने, तयारी पूरा

Dhakal nepal

काठमाडौं । एकसातापछि काठमाडौंमा एशिया प्यासिफिक शिखर सम्मेलन हुने भएको छ । विश्वस्तरमै शान्ति, भाइचारा, सहिष्णुता र विकास अभिवृद्धि गर्ने अभिप्रायले सो सम्मेलन हुन लागेको हो ।

शान्ति र विकासका लागि अन्तरधार्मिक अभियान नेपाललले यूनिभर्सल पीस फेडेसनले नेपाल सरकार, संघीय संसद, आइक्याप, आइएपीपी लगायतका संघ संस्थसँगको सहकार्यमा आगामी आइतबार र सोमबार काठमाडौंमा एशिया प्यासीफिक शिखर सम्मेलन हुन लागेको हो ।

सो सम्मेलनमा ५० राष्ट्रका ५ सय बढी पाहुनाको उपस्थिति हुने बताइएको छ । सो सम्मेलनमा मुख अतिथिका रूपमा कम्बोडियाका प्रधानमन्त्री हुन सेनलाई निमन्त्रणा गरिएको छ ।

सो सम्मेलन सफल पार्न आयोजक संस्थाले सबै तयारी पूरा गरिसकेको जनाएको छ । काठमाडौंको हायत होटलमा हुने सो सम्मेलन नेपालको पर्यटनको विकास र सम्भावना, नेपालको समृद्धि, अािर्थक विकास र विभिन्न राष्ट्रहरु बीचको भाइचारा सम्बन्धमा पनि छलफल हुँदैछ ।

यूपीएफका नेपाल शाखाका सभापति पूर्वमन्त्री एकनाथ ढकाल हुन् भने समिट आयोजक समितिका संयोजक नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल हुन् ।

यता, केही संचार माध्यमहरुमा एशिया प्यासिफिक शिखर सम्मेलन सफल पार्न आग्रह गरेको छ । शान्ति र विकासका लागि अन्तरधार्मिक अभियान नेपालका अध्यक्ष प्रा. डा. मिलनरत्न शाक्यको अध्यक्षतामा बसेको बैठकले आयोजकले एशिया प्यासिफिक र विश्वस्तरमै शान्ति, भाइचारा, सहिष्णुता र विकास अभिवृद्धि गर्ने अभिप्रायले आयोजित सम्मेलनको बारेमा कुनै भ्रममा नपर्न आग्रह गर्दै सबै क्षेत्र र समुदायलाई सक्रिय रुपमा सहभागी हुन आग्रह पनि गरेको छ ।

विश्व हिन्दु महासंघ नेपाल अध्यक्ष पण्डित दामोदर गौतम, अन्तरधामिर्क परिषद नेपालका महासचिव केशवप्रसाद चौलागाई, जयन परिषद नेपाल प्रा. डा. नमन उपाध्याय, शाक्य फाउन्डेशन सिद्धरत्न शाक्य, ख्याम्पो गुम्बाका अध्यक्ष चिरिङ्ग शेर्पा, आइएपिडि नेपालका महासचिव पियारत्न महर्जन, किरात धमश्री दङ्गध्वज (बोयाहाङ्ग) लगायतको उपस्थितीमा शनिवार बसेको बैठकले दुई दिने सम्मेलन सफल पार्न कुनै बाँकी नराख्ने निर्ण गरेको छ ।

सो बैठकले सम्मेलनबारे विभिन्न सञ्चारमाध्यममा आइरहेका भ्रमपूर्ण समाचारबारे ध्यानाकर्षण गरेको छ ।

प्रतिकृया दिनुहोस