‘कसैले आफूलाई शक्तिशाली नठाने हुन्छ’

Surendra pandey

काठमाडौ । पूर्वमन्त्री तथा कम्युनिष्ट पार्टी स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले कसैलाई पनि आफू शक्तिशाली ठान्नु भ्रम मात्र हुने बताएका छन्।

शक्तिशाली भनिएका राणा शासन र पञ्चायत पनि टिक्न नसकेको उदाहरण दिँदै कुनै एक व्यक्तिले आफूलाई शक्तिशाली ठान्नु भ्रम मात्र भएको नेता पाण्डेले बताए ।

नेकपा नेता पाण्डेले सत्तामा रहँदा काम नगरे जनताको मन जित्न सकिँदैन भन्दै नेकपा नेतृत्वको वर्तमान सरकारको अलोचना गरे । भारतमा पश्चिम बंगाल र त्रिपुरामा लामो समय चलेको कम्युनिष्ट सरकार समेत धरासायी भएको उदाहरण दिँदै पाण्डेले सत्तामा बस्दा काम नगरे जनताले सँधै माला लागाइदिँदैनन् भन्दै कटाक्ष गरे ।

नेता पाण्डेले लामो समय वितिसक्दा पनि नेकपाको एकीकरण प्रकृया पूरा नभएको मा असन्तोष व्यक्त गरे । एकीकरण प्रकृयामा ढिलाईको पुरा दोष शीर्ष नेतृत्वको भएको नेता पाण्डेको भनाई छ ।

एकीकरण प्रकृया नमिल्दा माओवादीबाट एकीकृत भएकाहरुमा समेत निराशा छाएको पाण्डेको भनाई छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशीमा एमालेका हिक्मतकुमार कार्कीले गरे मुख्यमन्त्री दावी, सनाखत गराउने तयारी

Hikmat karki

विराटनगर । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेक...