राष्ट्रपति विद्यादेवी भण्डारीका विषयमा सामाजिक सञ्जालमा चर्को विरोध

Bidyan devi bhandari

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘बुलेट प्रुफ’ सहितको विलासी गाडी किन्ने र उनको निवास विस्तार गर्न प्रहरीको तालिम केन्द्र सार्ने सरकारको निर्णयको सामाजिक सञ्जालमा चर्को विरोध भएको छ ।

अर्थ मन्त्रालयले राष्ट्रपतिको नयाँ कारका लागि १८ करोड रुपैयाँ निकासा गरेको समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जालमा मानिसहरु खनिएका हुन् । धेरै व्यक्तिले ट्वीटर र फेसबुकमा महंगो विलासी कार किन्ने सरकारी निर्णयमाथि कटाक्ष गर्दै करदाताको पैसा दुरुपयोग नगर्न सचेत गराएका छन् ।

यसैगरी राष्ट्रपतिको निवास र कार्यालय विस्तार गर्न नेपाल प्रहरीको तालिम केन्द्रलाई अन्यत्रै सार्ने निर्णय विरुद्ध पनि सर्वसाधारण लगायतले सामाजिक सञ्जालमा असन्तुष्टि जनाएका छन् । अर्को तर्फ प्रतिष्ठित भवनको रुपमा परिचित शितल निवासलाई बचाउनका लागि यसको स्वरुप नविगारिकन राष्ट्रपति कार्यालयलाई नै अन्यत्र सार्न उपयुक्त हुने कतिपयको सुझाव छ ।

राणा प्रधानमन्त्री चन्द्रशम्शेरका छोरा कृष्ण शम्शेर जबराले बि.सं. २००७ को क्रान्ति सफल भएपछि सरकारी अतिथि गृह बनाउनका लागि सरकारलाई यो भवन दान गरेका थिए । त्यसवेला सरकारसँग अतिथि गृहका लागि कुनै भवन थिएन ।

राणा र नेपाली कांग्रेसको संयुक्त सरकार बनेपछि सम्बन्ध सुधार हेतु चन्द्र शम्शेरका छोराले यो भवन स्वेच्छिक दान गरेको इतिहासकारहरुको भनाइ छ । युरोपियन शैलीमा निर्मित शितल निवासले त्यसवेला १४० रोपनी क्षेत्र ओगटेको थियो ।

प्रतिकृया दिनुहोस