दहाललाई सम्झिएर भावुक भए प्रचण्ड

Prachanda xcfqehllg0

ललितपुर । देशवासीको माया र सद्भावले नै आफ्नो परिवार छिन्नभिन्न हुनबाट जोगिएको नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् ।

छोरा प्रकाश दाहालको वार्षिक पूण्यतिथिका अवसरमा दाहाल निवास खुमलटारमा आयोजित प्रथम स्मृति सभामा उनले शोकलाई नयाँ शक्तिमा बदल्न देशवासीको साथ र सहयोगले मात्रै सम्भव भएको पनि बताए ।

स्मृति सभामा बोल्दै गर्दा पूर्व प्रधानमन्त्रीसमेत रहेका दाहाल भावुक भए । उनले भने, ‘प्रकाशको निधनले हाम्रो परिवारलाई ठूलो क्षति त पुग्यो, तर देश अनि पार्टीलाई नै क्षति पुग्यो ।’

‘छोरालाई गुमाउनुपर्दाको असम्भव लाग्ने पीडा पनि हामीले सामना गर्यौँ’, उनले भने, ‘तर तपाईहरुको उपस्थिति, सद्भाव अनि मायाले नै हामीले शोकलाई शक्तिमा बदल्न सक्यौँ ।’

छोरा प्रकाशजस्तै देशका हजारौ र लाखौ प्रकाशहरु प्रति हाम्रो जिम्मेवारी रहेको भन्दै उनले त्यसै अनुरुप देश निर्माणमा आफू निरन्तर लागिरहेको बताए । जीवनमा आएको विभिन्न उतारचढावका बीच पछिल्लो समयमा प्रकाश एउटा परिपक्व व्यक्तिका रुपमा रहेको पनि प्रचण्डले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ, २ जना मन्त्री नियुक्त

Hikmat karki safat

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथ ग्रहण ...