दुई महिनाका लागि टुंगियो नेविसंघको विवाद

Nebisang ktm

काठमाडौं । नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमितिको म्याद फेरि दुई महिनाका लागि थमौती भएको छ ।

लामो समयको रस्साकस्सीपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भ्रातृ संस्था नेविसंघको विधान स्वीकृत गरेसँगै सङ्घको केन्द्रीय कार्यसमितिको समयावधि दुई महिना थप भएको छ ।

२०७३ भदौ २ गते दुई वर्षे कार्यकालका लागि निर्वाचित वर्तमान केन्द्रीय समितिले त्यसयता थप गरिएको तीन महीनाको अवधिमा समेत महाधिवेशन गर्न सकेको थिएन ।

दिउँसो २ देखि ६ बजेसम्म भएको अनौपचारिक छलफलमा सिटौलासहित गगन थापा, प्रदीप पौडेल लगायतका नेताले महाधिवेशन गर्न ६ महिना समय थप्नुपर्ने धारणा राखेका थिए । नेता पौडेलले भने महाधिवेशन गर्न नसकेको समितिलाई विघटन गरेर आफू पक्षका नेताको नेतृत्वमा तदर्थ समिति बनाउन माग गरेका थिए ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतवार बसेको काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकले विवादबीच सङ्घको विधानलाई परिमार्जनसहित स्वीकृत गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, डा रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, फरमूल्लाह मन्सुर, नवीन्द्रराज जोशी, चन्द्र भण्डारी, शंकर भण्डारी, गगन थापा, गुरुराज घिमिरे, मोहनबहादुर बस्नेत, वीरबहादुर बलायर र प्रवक्ता विश्वप्रकाश शर्माले बोलेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशीमा एमालेका हिक्मतकुमार कार्कीले गरे मुख्यमन्त्री दावी, सनाखत गराउने तयारी

Hikmat karki

विराटनगर । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेक...