कांग्रेसको पार्टी कार्यालयमै देउवाविरुद्ध नारावाजी, देउवालाई पर्‍यो आपत

Sanepama ma narabaji

काठमाडौं । नेपाली कांग्रेसको सानेपास्थित पार्टी कार्यालयमा नेपाल विद्यार्थी संघ कार्यसमितिको म्याद थप गर्नुपर्ने र नहुने भन्ने दुबै पक्षका विद्यार्थीहरुले नेपाली काग्रेस केन्द्रीय कार्यालयमा नाराबाजी गरेका छन् ।

कांग्रेसले बैठक बोलाएपछि विद्यार्थीहरु कार्यालय पुगेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा कार्यालयमा उपस्थित भएपछि दुबै पक्षले चर्को नाराबाजी गरे ।

पूर्वमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य वीरबहादुर बलायरले शान्त बस्न आग्रह गर्दा नाराबाजीमा उत्रिएका विद्यार्थी र नेता बलायरबीच झण्डैझण्डै हात हालाहालको अवस्था सिर्जना भएको थियो ।

त्यसक्रममा कार्यसमिति भंग गर्न नहुने र म्याद थप्न नहुने मत राख्ने विद्यार्थीहरुबीच धकेलाधकेल भएको छ । प्रहरीले स्थितिले नियन्त्रणमा लिएको छ ।

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य शुशिल भट्ट लगायतको समूहले महाधिवेशनमार्फत् नयाँ नेतृत्व चयन गर्नुपर्ने माग गर्दै ‘टिके’ प्रथाको विरोधमा र अर्का विद्यार्थी नेता बलदेव तिमिल्सिना लगायतको समूहले नयाँ तदर्थ समिति गठन गरेर अघि बढ्नु पर्ने माग गर्दै नाराबाजी गरेका थिए ।

उनीहरुले बैठकमा सहभागी हुन आएका सभापति शेर बहादुर देउवालाई दुवै पक्षले घेराबन्दी गर्दै नाराबाजी गरेका थिए । नेविसंघले तीन महिनाअघि पार्टी केन्द्रीय समितिमा पेस गरेको विधान र नियमावली पास हुन नसक्दा नेविसंघको भावी नेतृत्वमा अन्योल छाएको छ ।

भोलिदेखि नेविसंघको थप गरिएको पदावधि पनि सकिँदै छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...