धेरै कर तिर्नेमा सुचीमा सूर्य नेपाल र सिद्धार्थ शमशेर जबराको नाम

Tax day samman

काठमाडौं । आर्थिक वर्ष २०७३/०७४ मा सबैभन्दा बढी कर सूर्य नेपाल प्रालिले तिरेको छ भने व्यक्तिगत रुपमा सिद्धार्थ शमशेर जबराले बढी कर तिरेका छन् ।

व्यक्तिगत आयकरमा सबैभन्दा बढी तिर्नेमा सिद्धार्थ शमशेर जबरा परेका छन् । व्यवसायी सिद्धार्थ शमशेर जबरा पाँचौंपटक सबैभन्दा बढी व्यक्तिगत आयकर तिर्ने करदाता बने ।

उनले लगातार चारपटक ब्यक्तिगत रुपमा सबैभन्दा बढी आयकर तिरेका छन् । त्यसअघि पनि उनले धेरै आयकर तिर्ने करदाताका रुपमा सम्मान पाएका थिए ।

धेरै आय कर तिर्ने कम्पनीका रुपमा भने सूर्य नेपाल छ । डाबर नेपाल सबैभन्दा बढी कर तिर्ने निर्यातकर्ता बनेको छ । उद्योगतर्फ हिमाल पावर उत्कृष्ट करदाता भएको छ । कृषितर्फ उत्कृष्ट आयकरदाता प्रो बायोटिक कम्पनी निम्बस ठहरियो ।

सहकारीतर्फ छिमेकी लघुवित्तले सबैभन्दा धेरै आयकर बुझाएको छ । बैंकतर्फ नबिल बैंक पनि उत्कृष्ट आय करदाता ठहरियो । स्वास्थ्यतर्फ नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वाषिर्क ४० करोडको कारोबार गर्नेबाट नेपाल इन्भेष्टमेन्ट प्रालि र ४० देखि ८० करोड कारोबार गर्नेबाट धितोपत्र बोर्ड बन्यो ।

वीमातर्फ नेपाल पुनर्बिमा कम्पनीले बढी आय कर तिरेको छ भने सूचना प्रविधिमा एफ वान सफ्ट सम्मानित भएको छ । पर्यटनतर्फ तारागाउँ रेजेन्सी होटल (ह्यात) ले सबैभन्दा बढी आय कार तिरेको छ ।

उनीहरुलाई शनिबार काठमाडौंमा आयोजना गरिएको छैठौं राष्ट्रिय कर दिवसको समारोहमा सम्मान गरेको छ । सातौं राष्ट्रिय कर दिवसका अवसरमा अर्थमन्त्री डा. युवराज खतिवडाले उत्कृष्ट १५ करदातालाई सम्मान गरे ।

आन्तरिक राजस्व विभागले हरेक वर्ष उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ । सोही मेसोमा उक्त आवमा सबैभन्दा बढी कर तिर्ने करदातालाई पनि सम्मान गरेको हो ।

प्रतिकृया दिनुहोस