जिमुवामा गरियो जनचेतना सरसफाई कार्यक्रम

Kanchanpur safai

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले आफ्नो विभिन्न वडाको सरसफाई अभियान तीव्र बनाएको छ । यसैक्रममा शनिबार वडा नं. १० मा सरसफाई गरिएको छ ।

भीमदत्त नगरपालिका स्तरीय समुदाय प्रहरी साझेदारी नगर समितिको अगुवाईमा वडा नं. १० मा बृहत जनचेतना मुलक सरसफाई कार्यक्रमअन्तर्गत जिमुवास्थित वडा कार्यालयबाट कलपटे मन्दिरसम्म सफाई गरिएको हो ।

सररफाई कार्यक्रममा नगर स्तरीय समुदाय प्रहरी पालिका समितिका संयोजक भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुबेर कडायत, विश्व सरसफाई अभियन्ताद्वय राजमान मानव र सुशिला महर्जन, वडा नं. १० का अध्यक्ष वडा अध्यक्ष प्रमानन्द जोशी, वडा नं. ४ का अध्यक्ष लक्ष्मीदत्त बोहरा, जनप्रतिनिधि, सुरक्षाकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि र स्थानीयको सहभागी थियो ।

भीनपाका नगर प्रमुख सुरेन्द्र विष्टले नगर क्षेत्रलाई सफा स्वच्छ बनाउन सबैका नगरवासीको सहभागितामा कार्यक्रम सञ्चालन गरिएको बताए ।

भीमदत्त नगरलाई सफा स्वच्छ बनाउने लक्ष्यका साथ हरेक शनिबार साप्ताहिक रुपमा कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

भीनपा वडा नं. ४ बजारबाट साप्ताहिक कार्यक्रम सुरु गरिएको छ । गत वर्ष भीमदत्त नगरपालिकाले साप्ताहिक घुम्ती कार्यक्रम नाम दिएर नगर क्षेत्रमा कार्यक्रम सञ्चालन गरेको थियो ।

सरसफाई अभियानामा सहभागी सरसफाई अभियन्ताले सफा र स्वच्छ सहर बनाउन सरसफाई अभियानलाई निरन्तरता दिनु पर्ने सुझाव दिएका छन् ।

प्रतिकृया दिनुहोस