सेती नदीमा करेन्ट लगाएर माछा सखाप पारिदै

Karent

डोटी । सेती नदीलगायत ग्रामीण भेगमा रहेका अन्य नदी र खोलामा केही समययता विस्फोटक पदार्थ (लोला, जिलेटिन) र करेन्टको प्रयोग गरी माछा मार्ने क्रम तीव्र बनेको छ ।

सेती नदी तथा स्थानीय खोलामा विस्फोटक पदार्थ तथा करेन्ट प्रयोग गरी माछाका प्रजाति नै सखाप पार्ने काम भइरहेको स्थानीयवासीले बताएका छन् ।

धेरै जसो खोलामा सोलार ब्याट्री र तारको जोहो गरी माछा मार्ने गरिएको तथा नदीमा विस्फोटक पदार्थको प्रयोग गरी माछा मार्ने काम भइरहेको नारीदाङका स्थानीयवासी करवीर साउदले बताए ।

स्थानीयवासीका अनुसार विस्फोटक पर्दाथ प्रयोग गरी माछा मार्नेमा यहाँका स्थानीयवासीसँगै सडक तथा अन्य संरचना निर्माणमा संलग्न मजदूर, प्रहरी र निर्माण व्यवसायी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जिल्लाका नदी तथा खोलामा विस्फोटक पदार्थ प्रयोग गरी तथा करेन्ट लगाएर माछा मार्ने काममा कडाइ गरिएको जानकारी दिए ।

यसरी माछा मार्ने क्रम तीव्र बनेपछि अहिले जिल्लाका खोला र नदीमा माछाका भुरा मात्र नभइ अन्य जीवजन्तुसमेत प्रर्याप्त मात्रामा देखिन छाडेका स्थानीयवासी बताउँछन् ।

प्रतिकृया दिनुहोस