आजदेखि माइक्रो बसका चालक र सहचालकले फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने

Micro bus

काठमाडौं । काठमाडौं उपत्यकाभित्र चल्ने माइक्रो बसका चालक र सहचालकले आजदेखि अनिवार्य रुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका सबै रुटमा चल्ने माइक्रोका चालकले सुन्तला रंगको र सहचालकले हरियो रंगको ज्याकेट लगाउनुपर्ने निर्णय गरेको हो ।

त्यस्तै माइक्रो बसको अगाडि र पछाडि गन्तव्य रुटसहितको प्लेट पनि राख्नुपर्ने भएको छ । काठमाडौं उपत्यकाभित्र मात्र यो व्यवस्था गरिए पनि आगामी दिनमा देशभर लगाउनुपर्ने व्यवस्था गर्ने ट्राफिक महाशाखाको तयारी छ ।

गत भदौ ६ गतेदेखि ट्याक्सी चालकलाई फ्लोरेसेन्ट ज्याकेट अनिवार्य गरेको ट्राफिक महाशाखाले आजदेखि माइक्रोका चालक र सहचालकका लागि अनिवार्य गरेको हो ।

फ्लोरेसेन्ट ज्याकेट नलगाउने चालक तथा सहचालकलाई पहिलो पटक सम्झाइ बुझाइ गर्ने तर त्यसपछि पनि नमाने जरिवाना गरिने महाशाखाले जनाएको छ ।

फ्लोरेसेन्ट ज्याकेटले चालकको पहिचान हुने, रातिको समयमा टाढैबाट चम्किलो देखिने र चालकका बारेमा सेवाग्राहीलाई केही गुनासो भए उजुरी गर्नसमेत सजिलो हुने भएकाले यस्तो निर्णय गरिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...