डडेलधुरामा जीप दुर्घटना हुँदा २ को मृत्यु, १५ घाइते

Bus accident dadeldhura

डडेलधुरा । भागेश्वर गाउँपालिकामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । 

भागेश्वर गाउँपालिका वडानम्बर ४ मा म१ झ१८० नम्बरको जीप दुर्घटना भएको हो । जिप सदरमुकाम डडेलधुराबाट भागेश्वर गाउँपालिका जाँदै थियो ।

मृत्यु हुनेमा भागेश्वर गाउँपालिका-२ का २७ वर्षीय धर्मसिंह मडौ र सोही गाउँपालिका-३ का गाडी धनी ४५ दीपेन्द्र शाही रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले बताए ।  

दुर्घटनामा १५ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा ल्याइएको छ । जीप सडकभन्दा सय मिटर तल खसेको छ ।

घाइते हुनेहरुमा भागेश्वर गाउँपालिका ३ का ३ वर्षीय एलकस नागरी, ४० वर्षीय रणबहादुर शाही, ११ वर्षीया तनुजा शाही, २२ वर्षीय नबिन शाही, ३२ वर्षीय विष्णु शाही, २३ वर्षीया माया नागरी, बैतडीको मेलौली ८ बस्ने १८ वर्षीया गौरी बिष्ट, धनगढी उपमहानगरपालीका १४ कनरीका २६ वर्षीय केशब मल्ल, बैतडी तल्लो सोराड ४ का १२ वर्षीय सुशील महता, कञ्चनपुर दैजीकी २० वर्षीया शर्मीला अवस्थी रहेका छन् ।

प्रतिकृया दिनुहोस