थापाको हत्या, अनुसन्धानका लागि सेठी हिरासतमा

Kaidi

कैलाली । धनगढी उपमहानगरपालिका-४, का २६ वर्षीय विजय थापाको शुक्रबार राति हत्या भएको छ ।

शुक्रबार ९ बजे राति प्रदेश प्रमुख कार्यालय नजिकै रहेको कलश होटेलको पछाडिपट्टि विजयको शव लिएर हिँडिरहेको अवस्थामा देखेर स्थानीयले त्यसै ठाउँका २६ वर्षीय आशिष सेठीलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए ।

आशिषले विजय छतबाट लडेकाले उपचारका लागि नजिकैको अस्पतालतर्फ लैजान लागेको बताएका छन् । घटनामा संलग्न भएको आरोपमा सेठीलाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा राखेको छ ।

यद्यपि हत्याको कारण र तरिकाबारे भने अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...