सुनको भाउ तोलामा १८ सयले घट्यो

Gold

विराटनगर । नेपालीका ठूला चाडबाडका मुखमा ह्वात्तै बढेको सुनको भाउ घट्न थालेको छ । यो महिनामा सुनको भाउ तोलामा १ हजार ८ सय रुपैयाँले घटेको छ ।

कात्तिक १ गते प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार प्रतितोला ५८ हजार २ सय रुपैयाँमा कोराबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कात्तिक १ गते ६० हजारमा कारोबार भए पनि ८ गते बढेर ६३ हजार ४ सय पुगेको थियो, जुन ६ वर्षयताकै महँगो थियो । त्यसपछि भने सुनको भाउ क्रमशः घट्न थालेको हो ।

आज नेपाली बजारमा सुनको भाउ अघिल्लो दिनको तुलनामा ३ सय रुपैयाँले घटेको हो । डलरको तुलनामा भारतीय रुपैयाँ बलियो हुँदा सुनको भाउ घटेको महासंघले जनाएको छ ।

आज नेपाली बजारमा चाँदी पनि तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी आज ७ सय १५ रुपैयाँमा कारोबार हुँदैछ ।

प्रतिकृया दिनुहोस