छोरासहित आमा चार दिनदेखि बेपत्ता

Bepatta

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं.६ बरुवागाँउ निवासी २१ वर्षीया पवित्रा श्रेष्ठ र उनका ३ वर्षीय छोरा प्रशान्त ४ दिनदेखि बेपत्ता रहेको छन् ।

तिहारमा माइती गएका उनीहरू घर फर्कने क्रममा बेपत्ता भएको हुँदा खोजी गरिदिन आग्रह गर्दै परिवारले प्रहरीमा निवदेन दिएका छन् ।

कपिलवस्तु जिल्लाको बट्कनपुर गाउँपालिका वडा नं ९ मा रहेके माइती घरबाट तुलसीपुरस्थित घर आउने क्रममा बीच बाटोबाटै आमा छोरा बेपत्ता भएपछि पवित्राका पति २६ वर्षीय प्रदीप श्रेष्ठले प्रहरीमा निवदेन दिएका हुन् ।

प्रदीपका अनुसार आमा छोरा तिहार मान्न भनि कपिलवस्तुस्थित माइती घर गएका थिए ।

कात्तिक २५ गते माइतीबाट हिँडेका उनीहरू दाङको भालुवाङसम्म आउँदासम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्कविहीन बनेको प्रदीपले निवदेनमा उल्लेख गरेका छन् ।

‘२५ गते बेलुकीपख भालुवाङमा गाडी बिग्रिएको हुँदा ढिलाइ भइरहेको छ भन्ने फोनमा कुरा भएको थियो, त्यसपछि उनीहरूको अत्तोपत्तो छैन, प्रदीपले भने ।

प्रतिकृया दिनुहोस