४० लाखको केरा भारतबाट आयात

Banana

गौशाला । महोत्तरी सदरमुकाम जलेश्वरमा छठ पर्वका लागि व्यवसायीले भारतबाट ४० लाखको केरा आयात गरेका छन् । आज जलेश्वरमा लाग्ने हाटबजारका लागि सो केरा आयात गरिएको हो ।

अघिल्लो वर्ष छठ पर्वका लागि भारतबाट ३० लाखसम्मको केरा आयात गरिएको केरा व्यवसायी गणेश साहले बताए । यहाँका केरा व्यापारीले यस वर्ष सामूहिक रूपमा २५ ट्रक केरा आयात गरेका थिए ।

ट्रकको भाडा उनीहरुले मिलेर तिर्ने गरेका छन् । यसअघि छठ पर्वमा भारतबाट झण्डै १५ ट्रकसम्म केरा आयात गरिँदै आएको थियो । जलेश्वर बजारमा प्रतिघार केरा चार सयदेखि आठ सयसम्ममा बिक्री भइरहेको छ ।

प्रतिकृया दिनुहोस