आफ्नै छोरी बलात्कार गरेको आरोपमा एक पक्राउ

Pagal haru

विराटनगर । श्रीमती माइत गएको अवस्थामा आफ्नै छोरी बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

गत कात्तिक ७ गते आफ्नी छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा कानेपोखरी गाउँपालिका-५ का एक युवक पक्राउ परेका हुन् ।

आफ्नी १४ वर्षीया छोरीलाई बलात्कार गरेको भनी किशोरीकी हजुरआमाले प्रहरीलाई जाहेरी दिएपछि उनी पक्राउ परेका हुन् । किशोरीले उक्त घटना हजुरआमालाई सुनाएपछि त्यही आधारमा हजुरआमाले किटानी जाहेरी दिएकी थिइन् ।

इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईका अनुसार किशोरीकी हजुरआमाले किटानी जाहेरी दिएपछि गत कात्तिक २० गते नै उनलाई पक्राउ गरी जबरजस्ती करणी मुद्दामा अनुसन्धान गर्न अदालतबाट म्यादसमेत लिइएको छ ।

प्रतिकृया दिनुहोस