‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’

गोदावरी फूल

काठमाडौं । काठमाडौंमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ । गोदावरी फूलको व्यवसायीक विकास, बिस्तार तथा प्रबद्र्धन गर्ने उद्देश्यले जावलाखेलको खेल मैदान, ललितपुरमा प्रदर्शनी सुरु भएको हो । प्रदर्शनीको प्रदेश नम्बर ३ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उद्घाटन गरे ।

पुष्प व्यवसाय प्रवद्र्धनका सम्वन्धमा समय अनुकूल पुष्पको जातीय विकास एवं गुणस्तरीय उत्पादनमा सहयोग पुर्याउनका लागि प्रदर्शनी आयोजना गरिएको हो । नजिकै आइरहेको तिहार पर्व तथा छठलाई समेत लक्षित गरी गोदावरी पुष्प मेला तथा प्रदर्शनी गर्न लागिएको हो ।

प्रदेश सरकार, प्रदेश नं. ३, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पुष्प बिकास केन्द्रको सहयोगमा फ्लोरिकल्चर एशोसिएसन नेपालले १२ औ सस्करणको रुपमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको आयोजना गरेको हो ।

तिहार पर्वमा घर आगन सजाउन तथा स्वागत सत्कारमा बिशेष प्रयोगको एक आकर्षक फूलको रुपमा रहेको गोदावरी फूलको व्यवसाय प्रवद्र्धन गर्न आयोजना गरिएको यस प्रदर्शनीको नारा ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने रहेको छ ।

गोदावरी फूलको विविध जाती प्रजातीहरु मध्ये प्रदर्शनीमा स्पाईडरतर्फ सम्झना नर्सरी, मिनियचरतर्फ मिलन नर्सरी, इन्क्रर्भतर्फ अजिमा नर्सरी, रिफ्लेक्समा सम्झना नर्सरी र कट फ्लावरमा ए एस कट फ्लावर नर्सरी विजेता बनेका छन् ।

त्यसै गरी प्रदर्शनीमा सहभागी मध्ये सम्झना नर्सरी उत्कृष्ट प्रदर्शक बनेको छ भने टीटीआर बंगलामुखी नर्सरी दोस्रो र अजिमा नर्सरी तेस्रो बनेका छन् । उल्लेखित सबै मन्त्री लामाले शिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरेका छन् ।मेलामा व्यवसायिक स्टल ४४, सूचनामुलक ३ र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित जम्मा ४८ वटा प्रदर्शनी कक्षहरु रहेका छन् ।

मेलाको आकर्षणको रुपमा गोदावरी फूलको विभिन्न नयाँ नयाँ प्रजातीका फूलहरुको प्रदर्शनी तथा बिक्री बितरण हुनुका साथै सयपत्री, मखमली तथा अन्य फूल  बिरुवाहरुको समेत प्रदर्शनीमा समाबेश छन् । मेलामा ४५ लाख रुपैंया बराबरको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको छ ।

नेपालमा बि.स. २०११ बाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसाय हाल लगभग १५५ हेक्टर क्षेत्रफलमा फैलिएको छ भने ४३ हजार पाँच सय भन्दा बढिले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगार पाएका छन् । यस व्यवसायले आ.ब. २०७४/७५ मा जम्मा १ अर्व ८६.७१९९ करोड भन्दा बढिको कारोबार गर्न सफल भएको छ ।

आ.ब.२०७४/७५ मा ११ करोड बराबरको पुष्प तथा पुष्पजन्य बस्तुको आयात भएकोे छ भने निर्यात तर्फ रु २.३७२ करोड भएको छ । समग्रमा पुष्प व्यवसायकको बार्षिक बृद्धिदर १० देखि १५% को हाराहारीमा रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...