महासंघ र कतार उद्योग वाणिज्य संघका पदाधिकारीबीच दोहामा भेटवार्ता

महासंघ र कतार उद्योग वाणिज्य संघका पदाधिकारीबीच भेटवार्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र कतार उद्योग वाणिज्य संघका पदाधिकारीबीच भेटवार्ता भएको छ । संघको दोहास्थित मुख्यालयमा नेपाल र कतारबीच उच्चस्तरीय व्यवसायिक भेटवार्ता भएको हो ।

राष्ट्रपतिको कतारको औपचारिक भ्रमणका साथ अहिले कतारमा रहेको महासंघको प्रतिनिधिमण्डल विभिन्न महत्वपूर्ण व्यवसायिक भेटवार्तामा व्यस्त रहेको छ । बैठकमा महासंघका उपाध्यक्ष एवं प्रतिनिधिमण्डलका सदस्य चन्द्र प्रसाद ढकाल र सदस्यहरू तथा कतार उवासंघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

भेटवार्तामा नेपाली पक्षको नेतृत्वमा महासंघका अध्यक्ष भवानी राणाले र कतारी पक्षको नेतृत्व संघका उपाध्यक्ष मोहम्मद अहमेद ट्वार अल–कवारीले गरेका थिए ।

व्यवसायिक भेटवार्तामा महासंघ र कतारउवासंघ बीच सन् २००५ मा सम्पन्न सहमतीका भावनालाई मनन गरी दुबै पक्षबाट आउने दिनमा आपसी व्यापार तथा व्यवसाय प्रवद्र्धनका क्षेत्रहरूलाई उजागर गरी कृषि, पर्यटन, उर्जा, पूर्वाधार विकास लगायतका क्षेत्रमा कार्य गर्न संयुक्त रूपमा अगाडि बढ्ने प्रतिवद्धता जनाइएको छ ।

बैठकमा महासंघका अध्यक्ष राणाले नेपाल–कतार व्यावसायिक सम्भाव्यता विषयमा प्रस्तुती दिँदै राष्ट्रपतिबाट भएको कतारको औपचारिक भ्रमण तथा दुई पक्षीय व्यवसायिक भेटवार्ता दुवै देशको आर्थिक तथा व्यवसायिक सम्बन्ध विस्तारमा समेत अत्यन्त महत्वपूर्ण रहेको बताइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...