नेपाल व्यापार गर्न सहज देशको १ सय पाँचौ स्थानमा

Wordl bank

काठमाडौं । विश्व बैकले नेपाल विकास सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै नेपालको लगानी वृद्धि र आर्थिक वृद्धिको अनुपात सन्तोषजन नरहेको जनाएको छ ।

विहिबार प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै विश्व बैकका नेपाल निर्देशक चिमाओ फ्यानले स्थिर सरकार भएपनि सोचे अनुसारको लगानी मैत्री बातावरण बन्न नसकेको बताएका हुन् । उनले राजनीतिक अस्थिरता समाप्त पारी पुर्वाधार निर्माण गर्दै नीजी क्षेत्रसंग साझेदारी गर्नका लागि नीतिगत सुधारमा ध्यान दिन सुझाव दिए ।

कार्यक्रमा अर्थमन्त्री युवराज खतिवडाले ६० प्रतिशत भन्दा बढी लगानी निजी क्षेत्रबाट भएकाले सरकार निजी क्षेत्र संग हातेमालो गर्न सधै तयार रहेको स्पष्ट पारे ।निजी क्षेत्रलाई आकर्षित गर्नका लागि नीतिगत सुधार गर्नुको साथै व्यवसायीक बातावरण बनाउनका लागि सरकार प्रतिवद्ध रहेको बताए ।

विकास र लगानीका विषयमा प्रतिवेदनमा उल्लेखित तथ्याङ्क केही तल माथि देखिए पनि श्रमिकको उत्तरदायीत्वको साथै बजार नियन्त्रण लगायतका विषय सरकारले नै हेर्नुपर्ने भएकाले केही समय लागेको तर्क गरे ।

उनले नीजी क्षेत्रले उठाउदै आएका करका विषयलाई पुर्नविचार गर्न तयार रहेको उल्लेख गर्दै सामाजिक उत्तरदायित्व वहन गरि पारदर्शी हुन नीजी क्षेत्रलाई सुझाव दिए ।

प्रतिवेदनमा विश्व व्यापार गर्न सहज १९० देशहरुको सूचीमा नेपाल १ सय ५ औ स्थानमा परेको उल्लेख छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...